नागरिकता विद्येयक खारेजीको माग गर्दै गौरमा प्रदर्शन
रौतहट । जनता समाजवादी पार्टीका कार्यकर्ताले नागरिकता विद्येयक फिर्ता लिन माग गर्दै रौतहटको सदरमुुकाम गौरमा प्रदर्शन गरेका छन् । सरकारले ल्याएको नागरिकता संशोधनविरुद्ध सो पार्टीका कार्यकर्ताले मंगलबार गौरम प्रदर्शन गरेका हुन् ।
राज्य व्यवस्था समितिले बहुमतको आधारमा पास गरेको वैवाहिक अंगिकृत नागरिकता विद्येयक फिर्ता लिन माग गर्दै जसपाका कार्यकर्ताहरुको ¥याली मधेस क्रान्ति चोकबाट सुरु भई गौर परिक्रमा गरेको थियो । प्रदर्शनमा सहभागी कार्यकर्ताहरुका हातमा प्लेकार्ड र ब्यानर थिए ।
विदेशी बुहारीले ७ वर्षपछि मात्रै नागरिकता दिने व्यवस्थाले नेपाल भारत बीचको बेटी रोटीको सम्बन्ध प्रभावित हुने तथा यो प्रावधानले खासगरी मधेसमा असर पर्ने भन्दै कार्यक्रममा चर्को विरोध भएको थियो ।
कार्यक्रममा जसपाका प्रदेश सांसद रामकिशोर यादव, गौर नगर प्रमुख अजय गुप्ता, जिल्ला समन्वय समितिका उपसभापति रामबशिष्ट यादव, रेवन्त झा, कन्थमणि जयसवाल, उपमेयर किरण ठाकुरसहित सयौं मानिसको सहभागिता रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
-
नजरअन्दाज गरिए पाइला रोकिँदैनन्, हामी अझै लक्ष्मण रेखाभित्रै छौँ : वीरबहादुर बलायर
-
त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउँसोको सेवा बन्द हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण