जनप्रतिनिधिद्वारा पत्रकारमाथि आक्रमण, प्रहरीमा उजुरी
नुवाकोटको तारकेश्वर गाउँपालिकाका वडा अध्यक्षहरुको एक समूहले पत्रकारहरुमाथि आक्रमण गरेपछि उत्पन्न विवाद प्रहरीसम्म पुगेको छ । पीडित पत्रकारहरुले जिल्ला प्रहरी कार्यालय नुवाकोटमा उजुरी दर्ता गराएका हुन् ।
असार १० गते बुधबार गाउँपालिकाको गाउँसभामा समाचार संकलन गर्न पुगेका स्थानीय पत्रकार सुजित भण्डारीमाथि जनप्रतिनिधिले गाली गलौज र हातपात गर्नुका साथै क्यामेरामा क्षति पुर्याएका थिए ।
काँग्रेसबाट निर्वाचित वडा अध्यक्षहरु वडा नं १ का दयानिधि अधिकारी, वडा नं ३ का सुर्यमान श्रेष्ठ र वडा नं ६ का ज्ञानेन्द्र तामाङविरुद्ध शुक्रबार प्रहरीमा उजुरी परेको हो।
सोहि कार्यक्रममा समाचार संकलनमा गएका पत्रकार नवदीप श्रेष्ठ र विष्णुप्रसाद अधिकारीमाथि पनि दुर्व्यहार भएको थियो ।
गाउँसभाको हलमा भित्र नीति तथा कार्यक्रम र बजेट प्रस्तुत हुनासाथ त्यसलाई बिथोल्न नाराबाजीसहित पुगेको वडाअध्यक्षहरुको उक्त समूहले आफूहरुको आन्दोलनलाई वास्ता नै नगरी गाउँपालिका अध्यक्ष रमेशबहादुर वस्तीले प्रस्तुत गरेको नीति तथा कार्यक्रमलाई पत्रकारले खिच्न थालेको भन्दै सो समूह आक्रोसित भएको थियो । सोही क्रममा उनीहरुले समाचार संकलनमा खटिएका पत्रकारलाई निसाना बनाएको गाउँपालिका अध्यक्ष रमेश बहादुर वस्तीले बताए ।
आफ्नोबाहेक अन्य दलको नेतृत्वमा रहेको स्थानीय तहमा हुने कार्यक्रमलाई भाँड्ने पूर्वनिर्धारित योजना उनीहरुले बनाएको उल्लेख गर्दै प्रमुख वस्तीले भने–‘स्वतन्त्र प्रेसमाथि भएको आक्रमण र क्यामेरा तोडफोडको घटनाले दुःख लागेको छ ।’ स्वतन्त्र प्रेसको पक्षमा तारकेश्वर गाउँपालिका प्रतिवद्ध रहेको पनि उनले बताए । ६ वटा वडा रहेको तारकेश्वर गाउँपालिकामा प्रमुख र उपप्रमुखसहित ३ वडा नेकपाले जितेको थियो भने बाँकीमा काँग्रेसको छ ।
यसैबीच नेपाल पत्रकार महासंघ नुवाकोट, महासंघ वागमती प्रदेश र केन्द्रीय समितिसम्मले विज्ञप्ती जारी गर्दै यस घटनाको निन्दा गरेका छन् । यसबाहेक पत्रकारसँग सम्बन्धित विभिन्न पेशागत संघ संगठनहरुले पनि विरोध जनाएका छन् ।
घटनाको प्रेस संगठन नेपाल जिल्ला कार्य समिति नुवाकोट, आदीवासी जनजाति पत्रकार महासंघ नुवाकोट, पत्रकार महासंघ नुवाकोटलगायतले पनि दोषीमाथि कारबाही र उचित क्षतिपूर्तीको माग गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण