राष्ट्रपति ट्रम्पका प्रतिद्वन्द्वी जो बाइडनद्वारा महामारीका बेला चुनावी सभा नगर्ने घोषणा
अमेरिकी राष्ट्रपति चुनावमा डेमोक्रेटिक पार्टीका उम्मेद्वार जो बाइडनले कोरोनाभाइरसको महामारीको समयमा आफूले कुनै चुनावी सभा नगर्ने घोषणा गरेका छन् ।
जो बाइडनले यसबारे घोषणा गर्दै भने, ‘मेरो विचारमा यो आधुनिक इतिहासको सबैभन्दा असाधारण चुनावी सभा हो ।’
उनका प्रतिद्वन्द्वी राष्ट्रपति डोनल्ड ट्रम्पले जूनमा ओकलाहोमाको टुल्सामा एक चुनावी सभाको आयोजना गरेको थियो जसमा आशा गरिएभन्दा निकै कम भीड जम्मा भएको थियो । त्यसपछि ट्रम्पको चुनावी अभियान हेर्ने समूहले अहिले उनीहरुले कुनै सभाको आयोजना नगर्ने बताएका थिए ।
अमेरिकामा अहिलेसम्म जुन ओपिनियन पोल भएका छन् त्यसअनुसार जो बाइडन राष्ट्रपति पदको दौडमा ट्रम्पभन्दा निकै अघि देखिएका छन् ।
पत्रकारसँग कुरा गर्दै बाइडनले भने, ‘म डाक्टर र विशेषज्ञको धारणा अनुरुप निर्णय लिनेछु, मेरा लागि मात्रै होइन, पूरा देशका लागि । र यसको अर्थ यो हो कि म अहिले कुनै चुनावी सभाको आयोजना गर्ने छैन ।’
स्रोतः बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
-
गच्छदारको गगन थापालाई सुझाव – असहमत पक्षलाई समेटेर बलियो कांग्रेसको सभापति बन्नुस्
-
असमझदारी र विवाद नसुल्झाए कांग्रेस विभाजन हुन सक्ने शशांकको चेतावनी
-
पार्टी एकतामा क्षति भए जिम्मेवारी नेतृत्वले लिनुपर्छ : डा. शशाङ्क कोइराला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण