राष्ट्रपति ट्रम्पका प्रतिद्वन्द्वी जो बाइडनद्वारा महामारीका बेला चुनावी सभा नगर्ने घोषणा

अमेरिकी राष्ट्रपति चुनावमा डेमोक्रेटिक पार्टीका उम्मेद्वार जो बाइडनले कोरोनाभाइरसको महामारीको समयमा आफूले कुनै चुनावी सभा नगर्ने घोषणा गरेका छन् ।
जो बाइडनले यसबारे घोषणा गर्दै भने, ‘मेरो विचारमा यो आधुनिक इतिहासको सबैभन्दा असाधारण चुनावी सभा हो ।’
उनका प्रतिद्वन्द्वी राष्ट्रपति डोनल्ड ट्रम्पले जूनमा ओकलाहोमाको टुल्सामा एक चुनावी सभाको आयोजना गरेको थियो जसमा आशा गरिएभन्दा निकै कम भीड जम्मा भएको थियो । त्यसपछि ट्रम्पको चुनावी अभियान हेर्ने समूहले अहिले उनीहरुले कुनै सभाको आयोजना नगर्ने बताएका थिए ।
अमेरिकामा अहिलेसम्म जुन ओपिनियन पोल भएका छन् त्यसअनुसार जो बाइडन राष्ट्रपति पदको दौडमा ट्रम्पभन्दा निकै अघि देखिएका छन् ।
पत्रकारसँग कुरा गर्दै बाइडनले भने, ‘म डाक्टर र विशेषज्ञको धारणा अनुरुप निर्णय लिनेछु, मेरा लागि मात्रै होइन, पूरा देशका लागि । र यसको अर्थ यो हो कि म अहिले कुनै चुनावी सभाको आयोजना गर्ने छैन ।’
स्रोतः बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विप्लवले भेटे झलनाथ खनाल
-
ग्वार्को ओभरपास उद्घाटनमा तामझाम, सर्वसाधारणलाई जामैजाम (तस्बिरहरू)
-
ग्वार्को फ्लाइओभरको उद्घाटन गर्दै प्रधानमन्त्रीले भने– बहुआयामिक र चौतर्फी विकास गर्दैछौँ
-
भद्रगोल पोखरा महानगर : सञ्चालकसँग सम्पन्न प्रमाणपत्र छ, महालेखाको प्रतिवेदनमा छैन !
-
डोटी जिप दुर्घटना अपडेट : चालकसहित ३ जनाको मृत्यु
-
एसएसपीले गरे ग्वार्को ओभरपासको उद्घाटन, ओलीले ताली पड्काए (भिडियोसहित)