पूर्वमन्त्री बाँस्कोटाको घरमा बम विष्फोट गराउने मुख्य योजनाकार पक्राउ
भक्तपुर । पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाको घरमा बम बिष्फोट गराउने घटनामा संग्लन मुख्य योजनकारलाई प्रहरी पक्राउ गरेको छ । फरार रहेका मुख्य योजनाकार ने.क.पा. (विप्लव समुह) भक्तपुर जिल्लाका सेक्रेटरी ऐनबहादुर शाही भन्ने विजय शाहीलाई विशेष सूचनाको आधारमा महानगरीय प्रहरी परिसर भक्तपुरले पक्राउ गरेको हो ।
शाहीलाई भक्तपुरबाट खटिएको प्रहरी टोलीले असार १५ गते पक्राउ गरेको प्रहरी परिसरका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक दीपक गिरीले जानकारी दिएका छन् ।
गत फागुन २८ गते बिहानको समयमा मध्यपुरठिमी नगरपालिका वडा नम्बर १ लोकन्थली, मनहरा नजिकै रहेको पूर्वमन्त्री बाँस्कोटाको घरमा बम विष्फोट भएको थियो ।
निर्माण सम्पन्न हुन लागेको बाँस्कोटाको साढे तीन तले घरको दक्षिण पुर्वी वाल अन्य आरोपीहरु अभिषेक भन्ने टेक बहादुर बि.क, अमृत बहादुर कुमाल, लक्ष्मण सेठी, देबीबहादुर गुरुङ समेतका ४ जनालाई घटना घटेको केही दिनमा नै पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।
देबीबहादुर गुरुङलाई भक्तपुर जिल्ला अदालतले साधारण तारेखमा छोड्न आदेश दिएको र बाँकी ३ जनालाई पुर्पक्षको लागी डिल्लीबजार कारागार चलान गरिएको थियो ।
पक्राउ परेका शाहीलाई भक्तपुर अदालतवाट म्याद थप गरी थप अनुसन्धान कार्य भईरहेको सूचना अधिकारी प्रनाउ गिरीले जानकारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण