२ लाख ४१ हजार घुससहित ४ जना अख्तियारको फन्दामा
काठमाडौं । २ लाख ४१ हजार १६ रुपैयाँ घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ४ जनालाई पक्राउ परेको छ ।
पक्राउ पर्नेमा खानेपानी, सिंचाई तथा उर्जा विकास कार्यालय दैलेखका निमित्त कार्यालय प्रमुख (इन्जिनियर) टोपेन्द्र सुन्दर मल्ल, सव–इन्जिनियर विरेन्द्र चन्द, रन्जित श्रेष्ठ र सुरपभाइजर लक्ष्मी पाण्डे रहेका छन् ।
जिल्लाको भगवतीमाई गाउँपालिका वडा नं ३ सानटडा खोला तटवन्धन निर्माण कार्य सम्पन्न भए पश्चात भुक्तानीमा सहजीकरण गरिदिने मल्ल र चन्दले सेवाग्राहीसँग घुस मागेको उजुरी अख्तियारको सुर्खेत कार्यालयमा परेको थियो ।
सोही आधारमा खटिएको टोलीले मल्ललाई कार्यालय परिसरबाट र चन्दलाई फिल्डबाटै नियन्त्रणमा लिएर खानतलासी गर्दा मल्लको आवासबाट दुई लाख ४१ हजार सोह्र रुपैयाँ बरामद भएको अख्तियार प्रवक्ता प्रदीप कुमार कोइरालाले जानकारी दिए ।
उनीहरुसँगै घुस माग्ने कार्यमा संलग्नता देखिएकाले श्रेष्ठ र पाण्डे समेतलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको कोइरालाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
आज हरिशयनी एकादशी: तुलसीको बिरुवा सारिँदै
-
शनिबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल
-
दाङमा ट्राफिक प्रहरीद्वारा १ करोड ५० लाख भन्दा बढी राजश्व सङ्कलन
-
आन्तरिक राजस्व कार्यालय विराटनगरद्वारा रु १० अर्ब राजस्व सङ्कलन
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण