कर्णाली करिडोर : हिल्सा ट्र्याक असारभित्र खोलिँदै
सिमकोट – कर्णाली करिडोरअन्तर्गत हिल्सा–सिमकोट सडकखण्डको ट्र्याक खोल्ने कार्य असार मसान्तसम्ममा पूरा हुने भएको छ । सडकको बाँकी खण्डमा विस्फोट, मेसिन र कामदारले एकसाथ तीव्र रूपमा काम अघि बढाइएपछि ट्र्याक खोल्ने कार्य असारमा सकिने भएको हो ।
हिल्सा–सिमकोट सडक आयोजनाको धारापोरीदेखि च्याछरासम्मको खण्डमा बाँकी रहेको २५० मिटर क्षेत्रमा तीव्र रूपमा निर्माण कार्य भइरहेकाले निर्धारित समयमा ट्र्याक खोल्ने कार्य सकिने आयोजनाका योजना प्रमुख शशाङ्क मिश्रले जानकारी दिए ।
ट्र्याक खोल्न बाँकी रहेको क्षेत्रमा दुईवटा मेसिन, विस्फोटका लागि होल खोप्ने, कामदारले जाली भर्ने तथा जमिन सम्याउने कार्य एकसाथ भइरहेकाले निर्धारित समयमा काम सम्पन्न हुने उनले बताए । अबको चार÷पाँच दिनमा हिल्सा–सिमकोट खण्डकै निकै कठिन मानिएको च्याछरा भीरमा चट्टान विस्फोट गरी सतह मिलाउने कार्य सम्पन्न गरेर ट्र्याक्टर गुडाइने उनले बताए । यो समाचार आजको गोरखापत्र दैनिकमा राजन रावतले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण