काठमाडौंमा बिना अनुमति ड्रोन उडाउने ४ जना पक्राउ
बिहीबार, १८ असार २०७७, १२ : ३४
काठमाडौं – काठमाडौं महानगरपालिका–२ लाजिम्पाटमा बिना अनुमति ड्रोन उडाउने कार्यमा संलग्न मार्चिङ एण्ड प्रालिका कर्मचारी ललितपुर महानगरपालिका–१० बस्ने ३१ वर्षीय रवि शाक्य सहित ४ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
उक्त स्थानमा मानव रहित हवाई उपकरण ड्रोन उडाएको भन्ने जानकारी प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले ड्रोन उडाउँदै गरेको अवस्थामा फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।
सोही ठाउँको एक भवनको भिडियो खिच्न मार्चिङ एण्ड प्रालि कम्पनीलाई जिम्मा दिएकोमा उक्त ड्रोन बिना अनुमति उडाएको र निषेधित क्षेत्रमा पुगेको पाइएको अनुसन्धानबाट खुल्न आएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलाशययुक्त आयोजना सरकारको प्राथमिकतामा, सबै क्षेत्रमा विद्युतीकरण
-
शिक्षकहरूलाई मासिक तलब दिने सरकारको घोषणा
-
कर्णाली र सुदूरपश्चिम प्रदेशका बाँकी क्षेत्रमा विद्युतीकरण गरिने
-
नेपालको आफ्नै भूउपग्रह स्थापना गर्ने सरकारको योजना
-
राष्ट्रपतिले नीति तथा कार्यक्रम पढ्दा छुट्यो हाँसोको फोहरा
-
बाल सुधार गृहमा शिक्षाको विशेष कार्यक्रम सञ्चालन गर्ने घोषणा