काठमाडौंमा बिना अनुमति ड्रोन उडाउने ४ जना पक्राउ
बिहीबार, १८ असार २०७७, १२ : ३४
काठमाडौं – काठमाडौं महानगरपालिका–२ लाजिम्पाटमा बिना अनुमति ड्रोन उडाउने कार्यमा संलग्न मार्चिङ एण्ड प्रालिका कर्मचारी ललितपुर महानगरपालिका–१० बस्ने ३१ वर्षीय रवि शाक्य सहित ४ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
उक्त स्थानमा मानव रहित हवाई उपकरण ड्रोन उडाएको भन्ने जानकारी प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले ड्रोन उडाउँदै गरेको अवस्थामा फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।
सोही ठाउँको एक भवनको भिडियो खिच्न मार्चिङ एण्ड प्रालि कम्पनीलाई जिम्मा दिएकोमा उक्त ड्रोन बिना अनुमति उडाएको र निषेधित क्षेत्रमा पुगेको पाइएको अनुसन्धानबाट खुल्न आएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण