संविधानको मूल मर्मअनुरुप नै संघीय निजामती सेवाको विधेयक आउँछः सभामुख सापकोटा
काठमाडौं । सभामुख अग्नीप्रसाद सापकोटाले संविधानको मूल मर्म र भावना अनुरुप नै संघीय निजामती सेवाको विधेयक आउने बताएका छन् । निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनका पदाधिकारीहरुसँगको भेटका क्रममा बिहीबार सभामुख सापकोटाले संविधानको मर्म र भावना अनुरुप ने निजामती विधेयक आउने बताएका हुन् ।
ट्रेड युनियनले ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’मा ट्रेड युनियनलाई ध्वस्त पार्ने व्यवस्था गरिएको भन्दै सभामुख सापकोटालाई भेट गरी ज्ञापन पत्र बुझाएका छन् । ज्ञापनपत्र बुझ्दै सभामुख सापकोटाले विधेयकको सम्बन्धमा आफुले अध्ययन गरिराखेको र मन्त्रीसँग पनि छलफल गरी संविधानको मर्म अनुरुप नै अगाडि बढ्ने बताए । उनले संविधानको मर्म र भावना अनुरुप नै विधेयकको विकास गर्न आफुले अधिकतम प्रयत्न गर्ने समेत बताए ।
भेटवार्तामा ट्रेड युनियनका पदाधिकारीहरुले विधेयकमा राष्ट्रियस्तरका ट्रेड युनियनहरु नै नरहने गरी संसदको राज्य व्यवस्था तथा सुशासन समितिबाट विधेयक पारित भइसकेको भन्दै त्यसलाई रोक्न माग गरेका हुन् । उनीहरुले मौजुदा निजामती सेवा ऐन २०४९ मा भएको व्यवस्था बमोजिम नै संशोधित विधेयकमा व्यवस्था गर्नुपर्ने माग समेत गरेका छन् । ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ संघीय संसद प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले दफावार छलफल गरी बहुमतले पारित गरिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
-
सचिव पुष्कर प्रधानमन्त्री कार्यालयको जगेडामा तानिए
-
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण