सानिमा बैंक र आईएमएस ग्रुपबीच ग्राहकलाई छुट प्रदान गर्ने सम्झौता
बिहीबार, १८ असार २०७७, १६ : ३७
काठमाडौं । सानिमा बैंक र आईएमएस ग्रुपबीच बैंकका ग्राहकहरुलाई विभिन्न सामान खरिद गर्दा छुट प्रदान गर्ने सम्झौता भएको छ ।
सम्झौता अनुसार बैंकका ग्राहकहरुले आईएमएस ग्रुपको काठमाडौं कमलपोखरीस्थित सिटी सेन्टर र दरबारमार्गस्थित वन दरबार मलमा रहेको आईएमएस लिटल स्माइल्स स्टोरबाट डेबिट क्रेडिट कार्ड प्रयोग गरी ड्रोन, गिम्बल, ह्युमिडिफायर, पावर बैंक, बेबि प्रोटक्टस् आदि खरिद गर्दा ५% छुट प्राप्त गर्न सक्नेछन् ।
साथै क्रेडिट कार्ड प्रयोगकर्ताहरुलाई १८ महिनासम्मको मासिक किस्ताबन्दी (ईएमआई) सेवा पनि उपलब्ध रहेको छ ।
उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट डिजिटल बैंकिङ्ग विभागका प्रमुख विक्रम श्रेष्ठ र आईएमएस ग्रुपका तर्फबाट ग्रुपका अध्यक्ष तथा निर्देशक डिकेस मल्होत्राले हस्ताक्षर गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण