प्रिमियर लिग च्याम्पियन लिभरपुलको सिटीसँग लज्जास्पद हार
हालैमात्र प्रिमियर लिगको विजेता बनेको लिभरपुलले पूर्वविजेता म्यान्चेस्टर सिटीसँग लज्जास्पद हार बेहोरेको छ । गत हप्ता सिटी चेल्सीसँग पराजित भएपछि लिभरपुलको लिग उपाधिका लागि ३० वर्ष लामो प्रतिक्षा अन्त्य भएको थियो । तर, त्यसपछि खेलमा फर्केको लिभरपुल सिटीसँग ४–० गोलअन्तरले पराजित भएको हो ।
खेलको सुरुवातमा ने लिभरपुलले अग्रता बनाउने मौका गुमायो । मोहमद सलाहको प्रहार जाली चुम्न असमर्थ रह्यो । पेप ग्वार्डिओला टोलीले त्यसपछि खेलमा पूर्ण नियन्त्रण बनायो । २० मिनेटमा अन्तरमा ३ गोल गर्दै लिभरपुललाई स्तब्ध बनायो ।
केभिड डि ब्रुएनाले पेनाल्टीबाट सिटीलाई खेलको २५ औँ मिनेटमा अग्रता दिलाए । यो सिजन उनले ११ गोल गर्नका सथौ १७ वटा गोलको अवसर सिर्जना गरेका छन् । त्यसको १० मिनेटपछि राहिम स्टर्लिङले अग्रता दोब्बर बनाए । पहिलो हाफको अन्तिम समयमा फिल फोडेनले तेस्रो गोल थपे ।
दोस्रो हाफमा एलेक्स ओक्सालेड च्याम्बर्लिनले आत्मघाती गोल गरेपछि सिटीले सहज जित हासिल गर्न सफल रह्यो ।
योर्गन क्लपको नेतृत्वमा लिभरपुलले सबैभन्दा ठूलो हार ईतिहाद स्टेटियममा नै बेहोरेको छ । बिहीबार ४–० को हार बेहोरेको लिभरपुलले सन् २०१७ को सेप्टेम्बरमा ५–० ले पराजित भएको थियो ।
यता, सिटीले घरेलु मैदानमा पछिल्ला ४ खेलमा समग्रमा १४–० ले जीत हासिल गरेको छ । यता, लिभरपुल भने घरेलु मैदानबाहिर खेलिएका पछिल्ला ५ खेलमा गोल गर्न असमर्थ रहेको छ । सन् १९९२ मा लिभरपुल यसरी लगातार ८ खेलसम्म गोल गर्न असमर्थ रहेको थियो ।
३२ खेलपछि लिभरपुलको ८६ अंक रहेको छ भने सिटीको ६६ अंक रहेको छ ।

बिहीबार नै टोटनह्याम हटस्पर्स भने सेफिल्ड युनाइटेडसँग ३–१ ले स्तब्ध बनेको छ । जीतसँगै सेफिल्डले अर्को सिजन युरोपियन फुटबल खेल्न पाउने सम्भावनालाई कायम राखेको छ ।
जीतपछि सेफिल्ड लिगको सातौँ स्थानमा रहेको छ भने टोटनह्याम लिगको नवौँ स्थानमा खस्किएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसीसी महिला प्रिमियर कप : भुटानलाई सजिलै हरायो नेपालले
-
निन्दा नदी किनारमा बाढी नियन्त्रण गर्न चार हजार बाँसका बिरुवा रोपियो
-
ताइवान भ्रमणको कारण चार न्यूजिल्यान्ड सांसदमाथि चीनको यात्रा प्रतिबन्ध
-
बजेटको मुखमा आयोगकी सदस्य लामिछानेले दिइन् राजीनामा
-
पहाडमा मेघगर्जनसहित वर्षा, तराईमा तापक्रम ४२ डिग्रीसम्म पुग्ने
-
जातीय भेदभावविरुद्धको दिवस उत्सव नभई प्रतिबद्धता बन्नुपर्छ : आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण