बन्दाबन्दी अवधिमा यातायात खर्च नलिने
पोखरा – नेपाली काँग्रेसका तर्फबाट गण्डकी प्रदेशसभामा प्रतिनिधित्व गर्ने प्रदेशसभा सदस्यले बन्दाबन्दी अवधिको यातायात खर्च नलिने भएका छन् ।
प्रदेशसभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधासम्बन्धी ऐन २०७४ को दफा ७ को उपदफा ५ र अनुसूची १ ले सवारी सुविधा उपलब्ध नगराइएको सदस्यलाई प्रदेशसभाको वा कुनै समिति वा उपसमितिको बैठकमा भाग लिएको प्रत्येक दिनको निमित्त यातायात सुविधाबापत रु ७५० को व्यवस्था गरेको छ ।
बन्दाबन्दी अवधिमा सार्वजनिक यातायात नचलेको हुँदा बैठकमा आउँदा–जाँदा भाडाका सवारीसाधन प्रयोग नभएका कारण सार्वजनिक सवारीसाधन चल्ने व्यवस्था नभएसम्म उक्त भत्ता नलिने निर्णय गरिएको संसदीय दलका प्रवक्ता प्रकाशचन्द्र दवाडीले बताए ।
कानूनीरुपमा लिन मिले पनि नैतिकरुपमा सुविधा लिन अनुचित हुने संसदीय दलको सर्वसम्मत निर्णयअनुसार यस अवधिमा काँग्रेसबाट प्रतिनिधित्व गर्ने सबै सदस्यले उक्त भत्ता नलिने उनले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमिताभ बच्चनको स्पष्टीकरण, ‘म बिरामी छैन, मेरो पोस्टलाई गलत बुझियो’
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण