लकडाउनको अवधिमा ६३ मुद्दा दर्ता, २९ जना जेल चलान
दाङमा लकडाउनको समयमा २९ जना जेल चलान भएका छन् । लकडाउनको अवधिमा दाङ देउखुरी जिल्ला अदालतमा दर्ता भएका ६३ वटा मुद्दामा २९ जना जेल चलाएन भएको अदालतका न्यायाधीश रितेन्द्र थापाले जानकारी दिएका छन् ।
अदालतमा सबैभन्दा धेरै ज्यानसम्बन्धी कसुरका १७ वटा मुद्दा परेका छन् । त्यस्तै करणीसम्बन्धी १४ वटा, सवारी ज्यानका १० वटा, वन सम्बन्धी ९, बालविवाह कसुर ३, लागूऔषध, गौवध र ठगीसम्बन्धी २–२ वटा र नागरिकतासम्वन्धी, अपमानजनक व्यवहार, गर्भपतनसम्वन्धी र हातहतियार खरखजना मुद्दा १–१ गरी ६३ वटा मुद्दाहरु दर्ता भएको न्यायाधीश थापाले जानकारी दिए ।
४९ जना धरौटी तारिखमा छुटेका छन् भने १२ जना साधारण तारिखमा छुटेको न्यायाधीश थापाले जानकारी दिए ।
उनका अनुसार २१ जना फरार रहेका छन् भने ४ जनालाई अभिभावकको जिम्मा लगाइएको छ । ६३ मुद्दाहरूमध्ये ६१ वटा मुद्दाहरू फैसला भएका छन् । जसमध्ये २९ वटा मुद्दाहरूमा भिडियो कन्फ्रेन्सिङ्ग प्रयोग गरिएको थियो । त्यसैगरी अदालतले बन्दाबन्दीको समयमा ८३ वटा मुद्दामा म्याद थप, ५१ मुद्दामा पक्राउ अनुमति र १ सय ११ मुद्दामा जरुरी पक्राउ पूर्जीका अनुमति दिएको समेत जानकारी दिए ।
जिल्ला अदालतले यस आर्थिक बर्षको हालसम्म एक हजार बढी मुद्दा फस्र्यौट गरेको छ । यस आर्थिक बर्षको हालसम्म १ हजार १ सय ७१ मुद्दा फर्स्यौट गरेको जिल्ला न्यायाधीश थापाले जानकारी दिएका हुन् । जसमध्ये ५ सय ८८ मुद्दाहरू जिम्मेवारी सरी आएका र ५ सय ८३ मुद्दाहरू यसैबर्ष दर्ता भएका मुद्दा रहेका छन् । न्यायाधीश थापाका अनुसार अदालतमा गतबर्ष जिम्मेवारी सरेर आएका १ हजार २ र नयाँ दर्ता भएका १ हजार ५ सय ३६ गरी २ हजार ६ सय १ मुद्दा रहेका छन् । २ हजार १३ फच्र्यौट गर्ने लक्ष्य रहे पनि बन्दाबन्दीका कारण लक्ष्य झण्डै आधा कम १ हजार १ सय ७१ मुद्दा फच्यौट गरेको थापाले जानकारी दिएका हुन् ।
उनका अनुसार अब अदालतमा दर्ता भएका १ हजार ४ सय ४७ मुद्दाहरु बाँकी रहेका छन् । अदालतले १ हजार ८ सय ५० मुद्दाहरु फच्र्याैट गर्ने लक्ष्य लिए पनि बन्दाबन्दीका कारण लक्ष्य पूरा गर्न नसकेको थापाले बताए । अदालतमा यो बर्ष १ हजार ८ सय ६३ मुद्दाहरु दर्ताहरु हुने अनुमान गरिए पनि जेठको १८ गतेसम्म १ हजार ५ सय ३६ मुद्दाहरु मात्रै दर्ता भएका छन् ।
त्यसैगरी अदालतमा बाल इजलासका ३७ वटा मुद्दाहरु फर्स्यौट भएका छन् । जिम्मेवारी सरेर आएका ३३ र नयाँ दर्ता भएका ३९ गरी जम्मा ७२ मुद्दामध्ये ३७ वटा फर्स्यौट भएको न्यायाधीश थापाले जानकारी दिए । बाल इजलासका ३५ मुद्दाहरु बाँकी रहेका छन् ।
यस्तै यसबर्ष ५३ वटा मुद्दामा मेलमिलाप भएको छ । अदालतले मेलमिलापमा पठाएका ३ सय ७६ मुद्दामध्ये ५३ मुद्दाहरुमा मिलाप भएको न्यायाधीश थापाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई मन्त्रीलाई छेउमा राखेर बालेनले लेखे– देश बनाउने टोली
-
आवासीय चिकित्सकसँगै इन्टर्नको कार्यअवधि र भत्ता कार्यान्वयन गर्न मेडिकल काउन्सिलको आग्रह
-
दुनाटपरी उद्योगबाट मनग्य आम्दानी गर्दै भावना
-
डोरीबिनै बन्जी जम्प, २१ वर्षीया युवतीको मृत्यु
-
निम अवार्ड : गायिका देविकालाई ‘रजत साधना सम्मान’, संगीतकार बजागाईंलाई सर्वाेत्कृष्ट पपुलर अवार्ड
-
टेम्पाे पल्टाएकाे घटना : वनका १० कर्मचारीमाथि साेधपुछ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण