प्रचण्डसहित नेकपाका ३ शीर्ष नेता शीतलनिवासमा
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई र राष्ट्रपतिलाई अविस्वास र महाभियोग लगाएर हटाउन लागिएको भन्ने अभिव्यक्तिको प्रष्टीकरण लिन नेकपाका ३ शीर्ष नेता शीतलनिवास पुगेका छन् ।
आइतबार बिहान अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेताहरु झलनाथ खनाल र माधव नेपाल राष्ट्रपति भवन शीतल निवास पुगेका हुन् ।
शनिबार बेलुका प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्का सदस्यहरुलाई बालुवाटार बोलाएर पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको भन्दै अब पार्टी एक रहन नसक्ने सम्भावना रहेको बताएका थिए । त्यस क्रममा उनले मन्त्रीहरुलाई कित्ता क्लियर गर्न आग्रह गरेका थिए ।
त्यो बाहेक प्रधानमन्त्री ओलीले आफूलाई पार्टीभित्रकै नेताहरुले हटाउन खोजेको र राष्ट्रपतिलाई पनि महाभियोग लगाउन खोजेको प्रमाण आफूसाग रहेको दलिल पेश गरेका थिए ।
प्रधानमन्त्रीको यो अभिव्यक्तिपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले आफूहरुले राष्ट्रपतिलाई विवादमा तान्ने वा हटाउने कुनै तयारी नरहेको भन्दै भ्रममा नपर्न आग्रह गरेका थिए ।
प्रधानमन्त्रीको यो अभिव्यक्ति आएपछि राष्ट्रपतिसँग वास्तविकता बुझ्न प्रचण्डलगायतका नेताहरु शीतल निवास गएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राम चरणको बहुप्रतिक्षित फिल्म ‘पेद्दी’ को ओपनिङ कस्तो ?
-
रङ्गमञ्चमा फिल्म स्टारको लर्काे : अभिनयको तिर्खा कि नयाँ अवसरको खोजी ?
-
रुकुम पश्चिममा जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
