सुशान्तको अन्तिम फिल्मको ट्रेलर रिलिज, ट्रेन्डिङको दोस्रो नम्बरमा
दिवंगत अभिनेता सुशान्त सिंह राजपूतको अन्तिम फिल्म दिल बेचाराको ट्रेलर सोमबार रिलिज भएको छ । उनका प्रशंसकले यसको निकै व्यग्रताका साथ प्रतिक्षा गरिरहेका थिए । त्यसैले त ट्रेलर सार्वजनिक भएको १६ घण्टामा नै यसलाई २ करोड बढीले हेरिसकेका छन् । यो अहिले दोस्रो नम्बरमा ट्रेन्डिङ भइरहेको छ । यो फिल्म जुलाई २४ मा ओटीटी प्लेटफर्म डिज्नी प्लस हटस्टारमा स्ट्रिम हुनेछ ।
करिब दुई मिनेटको यो ट्रेलरमा सुशान्त निकै छाएका छन् । ट्रेलरमा उनका उत्कृष्ट डायलग छन् जसमार्फत् उनी फिल्ममा क्यान्सरसँग जुधिरहेकी नायिका संजना सांघीलाई हँसाउने र उनको दुःख कम गर्ने कोसिस गरिरहेका छन् ।
कसरी बाँच्ने त्यो हामी निर्णय गर्न सक्छौंः
ट्रेलरमा सुशान्तको पहिलो डायलग हो, ‘तिम्रो नाम किसले राख्यो.... किसी...’ तब संजना भन्छिन्, ‘मेरो नाम किजी हो ।’ संजना भन्छिन्, ‘तिमी सुरक्षित लाग्दैनौं, सिरियल किलरजस्तो देखिन्छौ ।’ जवाफमा सुशान्तले भने, ‘म सिरियल किलर, तिमी सिरियल किसर, खत्रा जोडी छ ।’
सुशान्तको अर्को डायलग यस्तो छ, ‘एउटा थियो राजा, अर्की थिइन् रानी, दुबैको मृत्यु भयो समाप्त भयो कहानी.... तर यो कहानी अधुरो छ यसलाई ती राजा रानीले पूरा गर्छन् ।’ यसबाहेक अर्को डायलगमा उनी भन्छन्, ‘कहिले जन्मने, कहिले मर्ने त्यो हाम्रो हातमा छैन तर कसरी बाँच्ने भनेर हामी निर्णय गर्न सक्छौं ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण