रुपन्देही किसानलाई आत्मनिर्भर बनाउने अभियान

बुटवल । प्रदेश ५ सरकारले रुपन्देहीको रोहिणी गाउँपालिकामा बाख्रा वितरण गरेको छ ।
प्रदेशसभा सदस्य डा. कृष्ण न्यौपानेले जिल्लाको दक्षिणी क्षेत्रमा रहेको रोहिणी गाउँपालिकाका ४४ जना किसानलाई दुई–दुई वटा उन्नत जातका बाख्रा वितरण गरेका हुन् ।
किसानलाई आत्मनिर्भर बनाउने अभियान स्वरुप विपन्न घरधुरीलाई उन्नत जातको बाख्रा प्रदान गरिएको सो अवसरमा प्रदेश सभा सदस्य डा.न्यौपानेले बताए ।
उनले मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रम अन्तर्गत हामी सबैलाई रोजगारी दिने अभियानमा लागेको बताए ।
रोहिणी गाउँपालिकाका अध्यक्ष सनोज कुमार यादबले प्रदेश सरकारको कार्यक्रम अन्तर्गत पालिकाले अति विपन्न परिवारको छनौट गरेको बताए ।
पालिकाका प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपानेले रोहिणी गाउँपालिकाले यस वर्ष ४४ जना अति विपन्न किसानलाई उन्नत जातका दुइवटा बाख्रा दिएको बताए भने वडा नम्बर ७ खोकरनीका रामबृक्ष चमारले कमसेकम यी बाख्रा पालेर पाठापाठी पाएपछि बेचेर आफ्नो दुखः कटाउन सहज हुने बताए ।
मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रमले किसानहरुको जीवनस्तरमाथि उकास्नेगरी विभिन्न कार्यक्रम गर्ने क्रममा रोहिणीमा पनि बाख्रा बितरण गरिएको मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रमका प्रतिनिधि प्रदीप पाण्डेले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाल्पामा बालीनालीमा छरेको विषादीले मौरी सखाप
-
मुख्यमन्त्री कँडेलद्वारा दश जिल्लाका सीडीओसँग संवाद
-
बाँकेमा थप ९३६ लाई जग्गाधनी प्रमाणपत्र वितरण गरिँँदै
-
डिजिटल प्रविधिमा आधारित रही सेवा प्रवाह गर्न श्रममन्त्रीको निर्देशन
-
रातोपाटी ब्रिफिङ : प्रदीप नेपालको अन्तिम बिदाइदेखि संसद्को बहससम्म
-
रवि लामिछानेको मुद्दामा कैफियत प्रतिवेदन मगाउने आदेश