रुपन्देही किसानलाई आत्मनिर्भर बनाउने अभियान
बुटवल । प्रदेश ५ सरकारले रुपन्देहीको रोहिणी गाउँपालिकामा बाख्रा वितरण गरेको छ ।
प्रदेशसभा सदस्य डा. कृष्ण न्यौपानेले जिल्लाको दक्षिणी क्षेत्रमा रहेको रोहिणी गाउँपालिकाका ४४ जना किसानलाई दुई–दुई वटा उन्नत जातका बाख्रा वितरण गरेका हुन् ।
किसानलाई आत्मनिर्भर बनाउने अभियान स्वरुप विपन्न घरधुरीलाई उन्नत जातको बाख्रा प्रदान गरिएको सो अवसरमा प्रदेश सभा सदस्य डा.न्यौपानेले बताए ।
उनले मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रम अन्तर्गत हामी सबैलाई रोजगारी दिने अभियानमा लागेको बताए ।
रोहिणी गाउँपालिकाका अध्यक्ष सनोज कुमार यादबले प्रदेश सरकारको कार्यक्रम अन्तर्गत पालिकाले अति विपन्न परिवारको छनौट गरेको बताए ।
पालिकाका प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपानेले रोहिणी गाउँपालिकाले यस वर्ष ४४ जना अति विपन्न किसानलाई उन्नत जातका दुइवटा बाख्रा दिएको बताए भने वडा नम्बर ७ खोकरनीका रामबृक्ष चमारले कमसेकम यी बाख्रा पालेर पाठापाठी पाएपछि बेचेर आफ्नो दुखः कटाउन सहज हुने बताए ।
मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रमले किसानहरुको जीवनस्तरमाथि उकास्नेगरी विभिन्न कार्यक्रम गर्ने क्रममा रोहिणीमा पनि बाख्रा बितरण गरिएको मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रमका प्रतिनिधि प्रदीप पाण्डेले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण