नेपाल एसबिआई बैंकद्वारा पशुपतिनाथ कलात्मक दक्षिणद्वार निर्माण, वार्षिकोत्सवको अवसर पारेर आज कोषलाई हस्तान्तरण
काठमाडौं । नेपाल एसबिआई बैंकले ७ जुलाई २०२०मा बैंकको २७औं वार्षिकोत्सव मनाएको छ । उक्त अवसरमा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत निर्माण गरेको पशुपतिनाथ कलात्मक दक्षिणद्वार पशुपति क्षेत्र विकास कोषलाई हस्तान्तरण गरेको छ ।
नेपाल एसबिआई बैंकले आयोजना गरेको समारोहमा संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईद्वारा पशुपतिनाथ कलात्मक दक्षिण द्वारको उद्घाटन भएको हो ।
उक्त समारोहमा संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदार बहादुर अधिकारी, पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा। प्रदीप ढकाल, पशुपति क्षेत्र विकास कोषका कोषध्यक्ष डा। मिलन कुमर थापा, नेपाल एसबिआई बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत अनुकूल भटनागर, पशुपति क्षेत्र विकास कोष तथा बैंकका संचालक समितिका सदस्यहरु लगायत अन्य पदाधिकारीहरुको उपस्थिती थियो ।
सोही अवसरमा पर्यटनमन्त्री भट्टराईले पशुपति क्षेत्रमा रहेको नेपाल एसबिआई बैंकको एटिएमको पनि उद्घाटन गरे ।
बैंकको २७औं बार्षिकोत्सवको अवसर पारेर नेपाल एसबिआई बैंकले कमलादीस्थित आफ्नो परिसरमा बैंकका संचालक समितिका सदस्यहरु बाल कृष्ण श्रेष्ठ, अर्जुन कुमार गौतम, बिमला सुवेदी, र बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत अनुकूल भटनागरद्वारा बैंकको कर्पोरेट कार्यालयको शिलान्यास गरिएकोे छ ।
उक्त कार्यक्रममा प्रमुख संचालन अधिकृत शुभकान्त कानुनगो, प्रमुख वित्तीय अधिकृत मोहम्मद रिज्वान आलम, प्रमुख व्यवसाय विस्तार अधिकृत छपि राज पन्त, प्रमुख कर्जा अधिकृत देव राज अधिकारी तथा बैंकका अन्य पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत भ्रमणबाट फर्किएपछि रविले भने, ‘परराष्ट्र नीति पार्टीको हुँदैन, देशको हुन्छ’
-
तपाईँ प्रधानमन्त्री बन्ने हल्ला छ नी भन्ने प्रश्नमा रविले दिए यस्तो जवाफ
-
रमा तिवारीको हत्यामा संलग्न आरोपमा भारतीय युवक पक्राउ
-
जनकपुरधाममा अव्यवस्थित पार्किङले सास्ती, व्यवस्थापनको पर्खाइमा सर्वसाधारण
-
भारत भ्रमण सकेर स्वदेश फर्किएका रवि लामिछानेले के भने ?
-
फेरि बढ्यो अण्डाको मूल्य : प्रति क्रेट कति पुग्यो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण