तयारी नपुग्दा चक्रपथ विस्तारमा ढिलाइ
काठमाडौं – विस्तारका लागि पूर्वतयारी समयमै नगरिँदा राजधानीको चक्रपथ विस्तारको दोस्रो चरणको काममा ढिलाइ भएको छ । विस्तारका लागि बिजुलीका पोल सार्ने तथा सडक क्षेत्रमा परेका संरचना हटाउने कार्य सकिएको छैन । त्यसैगरी महाराजगञ्ज क्षेत्रमा गर्नुपर्ने जग्गा अधिग्रहण हुन नसक्दा चक्रपथ विस्तार हुन नसकेको हो ।
सडक विभाग, विकास सहायता कार्यान्वयन महाशाखाका प्रमुख अर्जुनजङ्ग थापाले चक्रपथको कलङ्कीदेखि धोबीखोला पुलसम्म विस्तार गर्न दुई मुलुकबीच सबै प्रक्रिया पूरा भए पनि विस्तारका लागि नेपालतर्फको तयारी नसकिएकाले चिनियाँ प्राविधिक तथा कामदार नेपाल आउन नसकेको बताउनुभयो । सम्बद्ध अधिकारीहरूका अनुसार महाराजगञ्ज क्षेत्रमा घर भत्काउन र जग्गा अधिग्रहण कार्य दोस्रो चरणको चक्रपथ विस्तारको मुख्य समस्याका रूपमा देखिएको छ ।
चक्रपथको कलङ्कीदेखि महाराजगञ्ज हुुँदै धोबीखोला चाबहिल पुलसम्म विस्तार गर्न लागिएको हो । चक्रपथको यो खण्डको कुल लम्बाइ ११.६ किलोमिटर छ । कलङ्कीदेखि महाराजगञ्जसम्मको लम्बाइ ८.२ किलोमिटर र कलङ्कीदेखि कोटेश्वरसम्मको कुल लम्बाइ १७ किलोमिटर छ । गएको पुस १४ गते बसेको मन्त्रिपरिषद् बैठकले चक्रपथ विस्तारका लागि महाराजगञ्ज क्षेत्रमा सडक सीमाको दायाँबायाँ ३१÷३१ मिटर जग्गा अधिग्रहण गर्ने निर्णय गरेको थियो ।
चक्रपथको सो खण्ड विस्तारका लागि चीन सरकारसँग सम्झौता भई सबै कानुनी प्रक्रिया पूरा भइसके पनि जग्गा अधिग्रहण तथा चक्रपथ क्षेत्रमा जडान गरिएका युटिलिटिज (प्रयोग)का सामग्रीको स्थानान्तरण हुन नसक्दा चक्रपथ विस्तार कार्य सुरु हुन सकेको छैन । सन् २०१८ को जुनसम्म चक्रपथको उक्त खण्डमा पर्ने ढल, विद्युत् र टेलिफोनका पोल हटाउन सडक विभागसँग यसअघि नै लिखित आग्रह गरिसकेको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा भउचप्रसाद यादवले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमिताभ बच्चनको स्पष्टीकरण, ‘म बिरामी छैन, मेरो पोस्टलाई गलत बुझियो’
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण