फिल्म ‘तेरे नाम’ मा सलमान खान नभई यी नायकले निभाउने भएका थिए मुख्य भूमिका
सन् २००३ मा रिलिज भएको हिट फिल्म ‘तेरे नाम’ मा यदि हिरोको भूमिका सञ्जय कपूरले निभाएको भए र निर्देशक अनुराग कश्यप भएको भए यो फिल्म कस्तो हुन्थ्यो ? ‘देव डी’ वा ‘ग्याङ्ग्स अफ वासेपुर’ जस्तो ?
तमिल फिल्मको रिमेकः
भारतीय सञ्चार माध्यम जि न्यूजका अनुसार तर यस्तो भएन । आउनुहोस् यसको कारण थाहा पाऔं । वास्तवमा ‘तेरे नाम’ फिल्म तमिलको सुपरहिट फिल्म ‘सेतु’ को रिमेक हो । यसको हिन्दीको राइट्स त्यो जमानाका चर्चित तथा हिट निर्माता–निर्देशक राम गोपाल वर्माले खरिद गरेका थिए । रामूले यो फिल्म आफैं बनाउन चाहन्थे र यो फिल्मको हिन्दीमा पटकथा लेख्नका लागि उनले ‘सत्या’ का लेखक अनुराग कश्यपलाई अनुबन्धित गरेका थिए । अनुरागले यो स्क्रिप्टमा यति रुची लिन लागे कि रामूले उनैलाई फिल्म निर्देशन गर्न भने । अनुराग पनि जीवनको पहिलो व्यवसायिक फिल्म निर्देशित गर्न पाउँदा निकै उत्साहित भएका थिए । उनले फिल्मको कहानीको हिसाबले अनिल कपुरका भाइ सञ्जय कपुरलाई हिरोको भूमिकाका लागि छाने । फिल्मको प्रि–प्रोडक्सनको काम सुरु भयो ।
यसैबीच राम गोपाल वर्माले आफूले फिल्मको निर्माण नगर्ने बताए र फिल्ममा अर्का निर्माता आए । नयाँ निर्माता आएपछि उनले अनुरागलाई फिल्म ठूलो बजेटको बनाउने र हिरोको भूमिकामा सलमान खानलाई अनुबन्ध गर्ने बताए ।
सलमानको फिर्तीः
अनुराग सलमानको नाम सुनेर थप उत्साहित भए । जब उनी सलमानसँग भेट्न गए तब उनले स्क्रिप्ट सुनाएपछि उनलाई हिरोको रुपमा आफूलाई ढाल्न बताए ।
उनले भने, ‘जिमको जस्तो शरीर चल्दैन । कपाल लामो चाहिन्छ । अनुहार मलिनो हुनुपर्छ आदि इत्यादि । ’ सलमानले सबै सुने तर केही भनेनन् ।
अर्को दिन जब अनुराग निर्माताको अफिस पुगे तब निर्माताले उनलाई तथानाम भने । अनुरागको त्यस्तो व्यवहारले कतै सलमानले फिल्म छोड्ने हो कि भन्ने चिन्ता थियो । अनुराग निर्माताको गाली खाएर फर्किए । केही दिनपछि उनलाई थाहा भयो कि उनलाई केही नभनिकनै निर्माताले निर्देशनको जिम्मेवारी सतिश कौशिकलाई दिए ।
तेरे नाम सुपरहिट भयोः
‘तेरे नाम’ सलमान खानका लागि गेम चेन्जर साबित भयो । फिल्म धेरै नै चल्यो । विशेषगरी सलमान खानका लामो कपालको निकै प्रशंसा भयो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण