सोउलका मेयर मृत भेटिए
शुक्रबार, २६ असार २०७७, ०८ : ००
दक्षिण कोरियाको राजधानी सोउलका मेयर मृत भेटिएका छन् । उनीमाथि उनकी पूर्व सेक्रेटरीले यौनहिंसाको आरोप लगाएकी थिइन् ।
सियोलका प्रहरीले शुक्रबार बिहानै उनको शव भेटिएको पुष्टि गरेका छन् । पार्क–वोन–सुनको शव उत्तरी सोउलको पहाडमा भेटिएको हो । उनकी छोरीले उनी सम्पर्कविहिन भएको जानकारी दिएकी थिइन् ।
मेयरको मृत्यु र यौनहिंसामा उनको संलग्नताले धेरैलाई चकित बनाएको छ । पार्कलाई थुप्रैले राजनीतिमा ताराको रुपमा हेर्ने गर्थे भने उनले थुप्रै वर्षदेखि महिला अधिकारको वकालत गरेका थिए ।
६४ वर्षे पार्कले बिहिबार आफू बिरामी भएको बताएका थिए । एकदिन अघि मात्रै उनकी सेक्रेटरीले उनीविरुद्ध यौनहिंसाको मुद्दा दर्ता गरेकी थिइन् ।
यो पनिः
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
