सलमान खानको ‘भ्यानिटी भ्यान’ विलासी अपार्टमेन्टभन्दा कम छैन, हेर्नुहोस् तस्बिर
बलिउड नायक सलमान खान निकै विलासी जीवन बाँच्छन् । उनको फार्महाउस होस् वा भ्यानिटी भ्यान, हरेक स्थानमा उनको सुविधालाई विशेष ध्यान दिइन्छ । उनको भ्यानिटी भ्यानकै कुरा गरौं, यो कुनै मिनी अपार्टमेन्टभन्दा कम छैन । यसको इन्टेरियर उत्कृष्ट हुनुका साथै यो निकै आरामदायी पनि छ । यसको भित्रको तस्बिर हेर्दा सायद तपाईंमध्ये धेरैलाई लोभ लाग्न पनि सक्छ ।
ठूलो ऐनासहित आरामदायी कुर्सी
सलमानको यो भ्यानिटी भ्यानमा ठूलो आरामदायी कुर्सी छ । साथै एउटा ठूलो ऐना राखिएको छ जसमा उत्कृष्ट लाइटको व्यवस्था गरिएको छ ।
टिभीः
सिटिङ एरिया नजिकै आराम गर्ने स्थान पनि छ । यहाँ एउटा ठूलो स्क्रिन भएको टिभी राखिएको छ ।
भ्यानभित्र छन् सबै सुविधाः
भ्यानिटी बसभित्र स्टाइलिस बाथरुमदेखि सुत्नेसम्मको सुविधा छ ।
सिटमा उत्कृष्ट छालाको उत्पादन चयनः
सलमानको भ्यानको सिटका लागि उत्कृष्ट क्वालिटीको छालाको प्रयोग गरिएको छ ।
सलमानको फोटोः
भ्यानभित्रको एउटा खण्डमा उनको एउटा ठूलो फोटो राखिएको छ ।
बाहिर खैरो रङः
सलमान खानको भ्यानिटी भ्यान बाहिरबाट खैरो रङको छ । यो बाहिरबाट पनि उत्तिकै आकर्षक छ ।
सलमानसँग छन् थुप्रै कारः
सलमान खानको भ्यानिटी भ्यानबाहेक उनीसँग थुप्रै विलासी कार पनि छन् । कामको कुरा गर्ने हो भने उनी बिग बसको अर्को सिजन होस्ट गर्ने तयारीमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानसँगको युद्धका क्रममा अजरबैजानमा इजरायलले गरेको थियो गोप्य सेना तैनाथ
-
‘ऐँजेरु’को संज्ञा दिँदै धवलशमशेरमाथि खनिए राजेन्द्र लिङ्देन
-
बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै
-
रास्वपाद्वारा वडामा ६३ र पालिकामा ६८ प्रतिशत अधिवेशन सम्पन्न (विवरणसहित)
-
स्ववियुको प्रतिनिधित्व हटाउने अध्यादेशविरुद्धको रिटमा सर्वोच्चको अन्तरिम आदेश
-
कोशी प्रदेश सरकार र ६ पालिकाबिच नवप्रवर्द्धन साझेदारीमा सम्झौता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण