गायक हिमाल सागरले गरे फिल्म खेल्ने घोषणा
शुक्रबार, २६ असार २०७७, १२ : २१
काठमाडौं । ‘न मैले लेखेँ’, ‘तीन ढिंके फुली’, ‘ए माया’लगायत थुप्रै हिट गीतका गायक हिमाल सागर फिल्म अभिनयमा पनि आउने भएका छन् । सागरले हालै सामाजिक संजाल मार्फत अभिनय गर्ने घोषणा गरेका हुन् ।
सांगीतिक कार्यक्रमको सिलसिलामा करिव साढे चार महिनाअघि अमेरिका पुगेपछि गायक सागर अहिले पनि अमेरिकामै छन् । लकडाउनका कारण उतै रोकिएका सागरले दर्शक र स्रोताको चाहनालाई मध्येनजर गर्दै आफूले फिल्ममा अभिनय गर्न लागेको सामाजिक संजाल फेसबुकमा लेखेका छन् ।
‘धेरै दर्शक र स्रोताहरुको चाहनालाई मध्येनजर गरेरै कोरोनाको कहर कम भएपछि आधा सुटिङ विदेश र आधा नेपालमा गर्नेगरी फिल्म खेल्ने पक्का’ सागरले फेसबुकमा लेखेका छन् ।
फिल्मको निर्माण पक्ष, कथा, निर्देशक, निर्माताबारे सागरले केही खुलाएका भने छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण