लगातारको वर्षाले रौतहटको जनजीवन प्रभावित, राजमार्ग अवरुद्ध
रौतहट । बिहीबार रातिदेखि लगातार भइहेको वर्षाले रौतहटको जनजीवन प्रभावित बनेको छ ।
वर्षाले पूर्वपश्चिम महेन्द्र राजमार्गको चन्द्रपुर क्षेत्र अवरुद्ध बनेको छ । बिहानैदेखि पानीको सतह बढ्दै गएको कारण ठूला सवारीसाधन जेनतेन पास गरेपनि साना सवारीसाधन चल्न नसकेको जिल्ला ट्राफिक प्रमुख प्रहरी निरीक्षक सैलेश न्यौपानेले जानकारी दिए ।
अहिले पूर्व र पश्चि बाट आएको दर्जनौं सवारीसाधन चन्द्रपुर चौक र लचका नजिक अड्केका छन् ।
त्यसैगरी अविरल वर्षाले जिल्लाको पूर्वीभेगमा बागमती र पश्चिममा लालबकैया नदीका साथै साना खोलाहरुमा पनि पानीको सतह बढ्दै गएको छ ।
लालबकैया नदीमा आएको बाढीले कटहरिया ४ र देवाहीघाट नजिक तटबन्धमा कटान गरिरहेको स्थानीय तवारख मियाँले बताएका छन् ।
बकैया र बागमती नदीमा पानीकोस्तर बढ्न थालेपछि स्थानीय प्रशासनले सजग रहन सबैलाई अनुरोध गरेको छ ।
लगातारको वर्षाले गौर,चन्द्रपुर बाहेक १६ वटै स्थानीय तहका सडक प्रभावित हुँदा आवत जावतमा कठिनाइ भैइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
-
नजरअन्दाज गरिए पाइला रोकिँदैनन्, हामी अझै लक्ष्मण रेखाभित्रै छौँ : वीरबहादुर बलायर
-
त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउँसोको सेवा बन्द हुने
-
हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय
-
साउदी अरबले जबरजस्ती लागु गर्यो सिप प्रमाणीकरण, डलर तिर्न म्यानपावर व्यवसायीलाई दबाब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण