वाग्मती प्रदेशसभाको बैठक साउन २ गते बस्ने
हेटौंडा । वाग्मती प्रदेशसभाको साउन २९ गते बस्ने भनिएको बैठक विशेष कारणले स्थगित गरी साउन २ गतेका लागि सारिएको छ । बैठक साउन २ गतेका लागि सारिएको प्रदेशसभाका प्रवक्ता विनोद अमात्यले जानकारी दिए ।
प्रदेश सरकारले यही असार १९ गते आर्थिक वर्ष २०७७÷७८ का लागि विनियोजित बजेट र आर्थिक विधेयक प्रस्तुत भई पारित गरिसकेपछि अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको प्रदेशसभाको बैठक साउन २ गते दिनको २ बजे बस्ने प्रदेशसभा सचिवालयले जनाएको छ ।
बैठकमा विभिन्न चार वटा विधेयक पूर्ण छलफलका लागि प्रस्ताव टेबुल हुने प्रदेशसभा सचिवालयका प्रवक्ता अमात्यले जानकारी दिए ।
दुई विधेयक प्रमाणीकरण
यसैगरी प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईँले बिहीबार दुई वटा विधेयक प्रमाणीकरण गरेका छन् । प्रमुख प्रसाईँले नेपालको संविधानको धारा २०१ को उपधारा २ को अधिकार प्रयोग गरी वाग्मती प्रदेशसभा बैठकबाट पारित भई आएको दुई वटा विधेयक प्रमाणीकरण गरेका हुन् ।
यसरी प्रमाणीकरण भएको विधेयकमा प्रदेश सरकारको आव ०७७÷०७८ का लागि सेवा र कार्यहरुप्रति वाग्मती प्रदेश सरकारको सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्न बनेको व्यवस्था विधेयक– २०७७ र प्रदेश सरकारको अर्थ सम्बन्धित प्रस्तावलाई कार्यान्वय गर्न बनेको विधेयक– २०७७ लाई प्रमाणीकरण गरेको प्रदेश प्रमुख सचिवालयका कानुन अधिकृत राजेशकुमार तामाङले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण