रुसमा कोभिड १९ बाट ७ लाखभन्दा बढी संक्रमित
एजेन्सी । रुसमा कोरोना भाइरसका सात लाखभन्दा बढी संक्रमित भेटिएका छन् । रुसको राजधानी मस्कोबाट प्राप्त समाचारमा सो कुराको जानकारी दिइएको छ । यहाँ कोभिडका ७ लाख २० हजार संक्रमित देखिएका छन् । गएको २४ घन्टामा यहाँ छ हजार ६११ जना नयाँ संक्रमित थपिएका छन् ।
यो सँगै यहाँ संक्रमितको संख्या सात लाख नाघेको बताइएको छ । यहाँका विभिन्न ८३ सहरमा यी संक्रमित भेटिएका हुन् । रुसमा गएको २४ घन्टायता १८८ जनाको कोरोनाका कारण निधन भएको बताइएको छ । यो सँगै रुपमा यस महामारीबाट मृत्यु हुने नागरिकको संख्या पनि ११ हजार २०५ पुगेको बताइएको छ ।
यहाँका अधिकांश संक्रमितहरुमा यो भाइरसको प्रकोपको कुनै लक्षण पनि नदेखिएको बताइएको छ । यहाँका संक्रमितहरु मध्ये २६ प्रतिशतमा मात्र यस भाइरसको लक्षण देखिएको बताइएको छ । यहाँ सबैभन्दा बढी संक्रमित राजधानी मस्कोमा देखिएका छन् । –एएनआई
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण