सलमान खानको यी अभिनेत्रीसँग हुँदै थियो विवाह, कार्ड छापेपछि रोकियो
एजेन्सी – आफ्नो समयकी सबैभन्दा सुन्दर अभिनेत्री संगीता बिजलानी ६० वर्ष पुगेकी छिन् । पछिल्लो समय बलिउडबाट टाढा रहेकी बिजलानी व्यक्तिगत जीवनशैलीका कारण अझै पनि चर्चामा आइरहन्छिन् । आफूलाई सधैं फिट र सुन्दर राख्ने बिजलानी अझै पनि जवान अभिनेत्रीसरह नै देखिन्छिन् ।
विशेषतः उनको जीवनमा सबैभन्दा बढी चर्चा सुपरस्टार सलमान खानसँग सम्बन्धका कारण भयो । अझैसम्म अविवाहित सलमान खानसँग उनको विवाहको योजनासमेत बनिसकेको भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।
बिजलानीको विवाह सलमान खानको एकपटक बिहे लगभग पक्का भइसकेको थियो । तर, के कारणले उक्त बिहे रोकिएको थियो कसैलाई थाहा छैन । सलमान खानले कलाकार तथा मोडल संगीता बिजलानीसँग बिहे गर्ने चर्चा थियो ।
सन् १९९४ को २७ मे मा सलमान र संगीताले बिहे गर्ने तय पनि भएको थियो । सलमानले नै यो मिति चुनेका थिए र संगीताको भेट सन् १९८६ मा भएको थियो । यी दुईले लामो समय सँगै काम गरे । सन् १९९३ मा सलमान खानले आफूले बिहे गर्न चाहेको अन्तर्वार्ताका क्रममा खुलाएका पनि थिए ।
अर्को एक अन्तर्वार्तामा त सलमान खानले यो पनि खुलाएका थिए कि, संगीतासँग बिहे गर्नका लागि कार्ड पनि छापिएको थियो । तर, संगीताले उक्त बिहे गर्नमा इन्कार गरिन् । खासमा सलमानको परिवार पनि यो बिहेका लागि राजी थिए । तर, संगीताको परिवार खासै खुशी हुन सकेका थिएनन् ।
यो बिहे पनि त्यसै भाँडिएको थिएन । संगीतालाई सलमानको सोमी अलीसँग पनि अफेअर चलेको थाहा भयो । यो थाहा पाएपछि संगीताले बिहे इन्कार गरेकी थिइन् । त्यसपछि संगीताले क्रिकेटर मोहम्मद अजहरुद्दीनसँग सन् १९९६ मा बिहे गरेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण