आजको मौसम पूर्वानुमान
काठमाडौं – जल तथा मौसम विज्ञान विभागले आजको मौसम पूर्वानुमान जारी गरेको छ ।
विभागले जारी गरेको सोमबारको मौसम पूर्वानुमानमा हाल नेपालभर मनसुनी वायु सक्रिय छ । साथै मनसूनी न्युन चापीय रेखा नेपालको तराई भूभाग नजिक रहेको जानकारी दिइएको छ ।
यसैगरी, विभागले हाल देशभर सामान्य बदली रही प्रदेश १, २ तथा बागमती, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेशका केहि स्थानहरुमा मेघ गर्जन चट्याङ् सहित वर्षाको भईरहेको समेत जनाएको छ ।
यस्तै, सोमबार दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रही धेरै जसो स्थानहरुमा मेघगर्जन, चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
यता, प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका थोरै स्थानहरुमा तथा गण्डकी प्रदेशको एकरदुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको पूर्वानुमानमा उल्लेख छ ।
यस्तै, आज राति देशभर सामान्य देखि पूर्ण बदली रही धेरै जसो स्थानहरुमा मेघगर्जन, चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
र, प्रदेश १ तथा प्रदेश २ थोरै स्थानहरुमा र बागमती प्रदेश तथा गण्डकी प्रदेशका एक/दुई स्थानहरुमा भारी वर्षाको समेत हुनसक्ने सम्भावना रहेको पूर्वानुमान गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
-
सञ्चय कोषद्वारा एक अर्ब ६९ करोड प्रवाह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण