आजको मौसम पूर्वानुमान
काठमाडौं – जल तथा मौसम विज्ञान विभागले आजको मौसम पूर्वानुमान जारी गरेको छ ।
विभागले जारी गरेको सोमबारको मौसम पूर्वानुमानमा हाल नेपालभर मनसुनी वायु सक्रिय छ । साथै मनसूनी न्युन चापीय रेखा नेपालको तराई भूभाग नजिक रहेको जानकारी दिइएको छ ।
यसैगरी, विभागले हाल देशभर सामान्य बदली रही प्रदेश १, २ तथा बागमती, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेशका केहि स्थानहरुमा मेघ गर्जन चट्याङ् सहित वर्षाको भईरहेको समेत जनाएको छ ।
यस्तै, सोमबार दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रही धेरै जसो स्थानहरुमा मेघगर्जन, चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
यता, प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका थोरै स्थानहरुमा तथा गण्डकी प्रदेशको एकरदुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको पूर्वानुमानमा उल्लेख छ ।
यस्तै, आज राति देशभर सामान्य देखि पूर्ण बदली रही धेरै जसो स्थानहरुमा मेघगर्जन, चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
र, प्रदेश १ तथा प्रदेश २ थोरै स्थानहरुमा र बागमती प्रदेश तथा गण्डकी प्रदेशका एक/दुई स्थानहरुमा भारी वर्षाको समेत हुनसक्ने सम्भावना रहेको पूर्वानुमान गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फेरियो ट्विटरको डोमेन नाम
-
युरिक एसिड बढेपछि खान हुन्न प्रोटिनयुक्त खाना ?
-
अनलाइनमा रेस्टुराँबारे नकारात्मक रिभ्यु पोस्ट गरेपछि जेल पुगे युवा
-
कोशी प्रदेशमा नवनियुक्त मन्त्रीहरुले लिए शपथ
-
संसदीय समितिको सभापति गुम्ने डरले मन्त्रालय विभाजन
-
बागमती प्रदेशको संसदीय समितिमा भागबण्डा, कांग्रेसलाई दुई समितिको नेतृत्व