महामारी रोक्नका लागि दक्षिण अफ्रिकाले लगायो रक्सीमाथि प्रतिबन्ध
सोमबार, २९ असार २०७७, ०७ : २९
कोरोनाभाइरसको संक्रमण रोक्नका लागि दक्षिण अफ्रिकाले नयाँ प्रतिबन्धको घोषणा गरेको छ जसमा रक्सीको बिक्रीमा रोक लगाइएको छ ।
साथै सरकारले सोमबारदेखि रातीको समयमा करफ्यू लगाउने र घरबाट बाहिर निस्कँदा मास्क लगाउन अनिवार्य गरेको छ ।
दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामफोसाले एक वर्षमा दोस्रो पटक लगाइएको प्रतिबन्धले देशको स्वास्थ्य व्यवस्थामा पर्ने दबाब कम हुने बताएका छन् ।
यहाँ कोरोना संक्रमितको कूल संख्या २ लाख ७६ हजारभन्दा बढी भइसकेको छ र यहाँ कोरोनाका कारण अहिलेसम्म चार हजार बढीको ज्यान गइसकेको छ ।
सरकारको एक आँकलन अनुसार वर्षको अन्त्यसम्म यहाँ कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ५० हजारभन्दा बढी हुनसक्छ ।
स्रोतः बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण