संसदीय समितिद्वारा धरहरा, काष्ठमण्डप र रानीपोखरी अनुगमन, तस्बिरमा हेर्नुहोस्

काठमाडौं । संसदको विकास तथा प्रविधि समितिले पुर्ननिर्माणको क्रममा रहेका पुरात्त्वात्तिक सम्पदाहरुको स्थलगत अनुगमन गरेको छ ।
राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणको सहजिकरणमा समितिले धरहरा, काष्ठमण्डप, रानीपोखरी र सिंहदरबार पुर्ननिर्माणको अनुगमन गरेको हो ।
अहिले कोरोना संक्रमणको जोखिमकैबचि स्वास्थ्य सुरक्षाका उपाय अपनाएर निर्माण कार्य भइरहेको छ । समिति सभापति कल्याणी कुमारी खड्काले भूकम्प गएको लामो समयसम्म काम हुन नसकेपनि पछिल्लो २ वर्षयता निर्माणको कामले गति लिएको बताइन् । स्थानीय स्तरमा उत्पन्न विभिन्न विवादका कारण सुरुमा निर्माण कार्य ढिलो भएपनि पछिल्लो २ वर्षयता निर्माणे गति लिएको उनले बताइन् ।
पुर्ननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले रानीपोखरीको काम आगामी २ महिनाभित्र पुरा हुने बताए । धरहरा र काष्ठमण्डपको काम आगामी आर्थिक वर्षभित्र सम्पन्न गर्ने लक्ष्यका साथ भइरहेको उनले बताए ।
भूकम्पले क्षतिग्रस्त सम्पदाहरुको पुर्ननिर्माणका काम पछिल्लो समय तिव्र गतिमा भइरहेको छ । प्राधिकरणले कोरोना संक्रमणको जोखिमकाबीच विभिन्न स्वास्थ्य मापदण्ड बनाएर निर्माणका कामलाई तिव्रता दिइएको बताएको छ ।
कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि केही समय पुर्ननिर्माणको काम रोकिएको थियो ।
सुरुमा स्थानीय स्तरमा कसरी बनाउने, पहिलो कस्तो थियो अहिले कस्तो बनाउने भन्ने विवादका कारण लामो समय निर्माण सुरु हुन सकेको थिएन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भोजपुरको धार्मिक तथा पर्यटकीय क्षेत्र चुलाचुली गुफा ओझेलमा
-
एप्पलले भारतमा आइफोन बनाएको हेर्न चाहँदैनन् ट्रम्प
-
२०८२ भित्रै ११औँ महाधिवेशनको मुडमा अध्यक्ष ओली
-
रोनाल्डोमाथि खनिए समर्थक : कृपया क्लब छाडेर जाऊ, अब संन्यास घोषणा गर !
-
टेरामक्स प्रकरण : ज्ञानेन्द्रबहादुर कार्कीसहित तीन जनाविरूद्ध चलाइएन मुद्दा
-
नव विवाहिता मृत्यु प्रकरणः माइती पक्षले लगायो हत्याको आरोप