लक्ष्मी बैंकको ५औं एक्स्टेन्सन काउण्टर राजविराज जिल्ला अदालतमा

राजविराज । लक्ष्मी बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा आफ्नो ५औं एक्स्टेन्सन काउण्टर राजविराजको जिल्ला अदालतमा संचालनमा ल्याएकोे छ । यो शाखा मार्फत बैकंले ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ्ग सेवाका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पु¥याउने लक्ष्य राखेको छ ।
यो नयाँ एक्स्टेन्सन काउण्टरको स्थापनाको साथै लक्ष्मी बैंकको संजाल ४८ जिल्लामा १२१ शाखा, ५ एक्स्टेन्सन काउण्टर, ४ हस्पिटल सेवा काउन्टर, १५१ एटिएम, २५०० भन्दा बढि रेमिट्यान्स एजेन्ट तथा ६१ शाखा रहित बैंकिङ्ग एजेन्टहरु पुगेको छ ।
यो शाखाको साथ लक्ष्मी बैंकले आफ्नो सेवा अझ सुदृढ अनि व्यापक बनाउने विश्वास राखेको
छ । सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, सानाव्यवसायी कर्जा, लघुवित्त, लगायतका वित्तीय सेवाहरुको बढ्दो मागलाई पूरा गर्न बैंकले नयाँ तथा वित्तीय पहुँच नपुगेका क्षेत्रहरुमा सक्रिय रुपमा सेवा विस्तार गर्दै आएको छ ।
यो शाखाको विस्तार सँगै बैंकले ग्राहकहरुलाई उनीहरुकै रोजाईको माध्यम अर्थात शाखा कार्यालय, ए.टी.एम., इन्टरनेट बैंकिङ्ग वा मोवाईल बैंकिङ्ग सेवा प्रदान गरी शहरी तथा अर्ध शहरी क्षेत्रमा आफ्नो ब्राण्ड तथा ग्राहक महानुभावलाई अझ सशक्त पार्ने नीति अनुरुप महत्वपूर्ण फड्को मार्ने विश्वास लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हामी देश छाडेर भाग्दैनौ : राधिका शाक्य
-
थुम्के साहित्य महोत्सव–२०८२ सम्पन्न
-
१० बजे १० समाचार : राजावादी आन्दोलनमा धरपकडदेखि वाईसीएललाई प्रचण्डको निर्देशनसम्म
-
भक्तपुर अस्पताल देशभरकै उत्कृष्ट
-
जनता नै इतिहासका निर्माता हुन्, राजावादीहरूले बुझून्
-
गण्डकीको ‘राइड सेयरिङ’को विरोधमा सुदूरपश्चिमका यातायात व्यवसायी