पूर्वराजा शाहबाट दुःख व्यक्त
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले देशका विभिन्न भागमा आएको बाढी, पहिरो र डुबानबाट पीडित सर्वसाधारणको अवस्थाप्रति व्यक्त गरेका छन् । उनले सोमबार एक विज्ञप्ति जारी गरी प्राकृतिक विपत्तिमा परेर ज्यान गुमाएका, घाइते भएका र घरबारविहिन भएको खबर सुनेर दुःख लागेको बताएका छन् । पूर्वराजा शाहले यो शोक, वियोग, व्यथा र वेदनाको स्थितिमा सबैलाई उद्धारमा जुट्न समेत आग्रह गरेका छन् ।
उनले भनेका छन्– ‘शोक, वियोग, ब्यथा र वेदनाको यो स्थितिमा सबैबाट सबैको राहत, उद्धार र उपचार होस् । विनाशको यो बेला पर्याप्त सहयोग, सुव्यवस्था तथा निगरानी पुगोस् भन्ने मेरो आग्रह छ ।’ उनले हाम्रोजस्तो पर्वतीय मुलुकमा बाढी, डुबान र भू–क्षयको जोखिम हरेक बर्ष हुने प्रकृया भएको बताउँदै त्यसको रोकथाम र सजगताको निम्ति समय मै पर्याप्त ध्यान दिन सके क्षति न्यूनिकरणमा योगदान पुग्ने समेत बताएका छन् ।
उनले प्रतिकूल मौसमी प्रकृतिका कारण उत्पन्न प्रकोप र पीडाबाट जनताले मुक्तिको सास फेर्न पाउन् भन्ने प्रार्थना समेत गरेका छन् । शाहले प्राकृतिक विपदको यो समयमा शोक सन्तप्त पीडित सबैमा समवेदना व्यक्त गर्दै घाईते सबैको शिघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण