कांग्रेस नेता जीवनबहादुर शाहीलाई कोरोना संक्रमण देखियो
मङ्गलबार, ३० असार २०७७, १६ : ४८
जुम्ला । काँग्रेस नेता तथा कर्णाली प्रदेशसभा प्रतिपक्ष दल नेता जीवनबहादुर शाहीलाई कोरोना संक्रमण देखिएको छ ।
दुई दिन अघि गरिएको स्वाव परीक्षणमा शाहीलाई कोरोना संक्रमण पुष्टि भएको कर्णाली प्रदेश स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा लक्ष्मीनारायण तिवारीले जानकारी दिए ।
उनले शाहीको सम्पर्कमा आएका व्यक्तिको कारोना परीक्षण गरिने पनि जानकारी दिए ।
संसदीय समितिका विभिन्न बैठकमा जाने आउने गरेका शाही संसद बैठकमा उपस्थित हुने गरेका थिए ।
शाहीमा कोरोना संक्रमण देखिएपछि प्रदेशसभा सदस्य तथा सचिवालयमा त्रास छाएको छ ।
हालसम्म कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या १६९० पुगेको छ भने तीमध्ये १४६२ जना डिस्चार्ज भइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्ट्रेट अफ होर्मुजलाई छलेर तेल निर्यात गर्ने योजना तीव्र बनाउँदै पश्चिम एसियाका तेल उत्पादक देशहरू
-
द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ड्युक अफ एडिनबर्ग्स इन्टरनेशनल अवार्डबाट सम्मानित
-
खैरो हेरोइनसहित ४ जना पक्राउ
-
बलात्कार र अपहरणको मुद्दामा १८ वर्षपछि राम चन्दुर निर्दोष ठहर
-
त्रिभुवन विश्वविद्यालय : राजनीतिक भागबन्डादेखि सेवा आयोगको अग्निपरीक्षासम्म
-
अनुसन्धानकर्ताले बनाएर शरीरमा आफैँ लाग्ने कपडा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण