गण्डकीमा ४ संक्रमित थपिए, कुल संख्या १२ सय नाघ्यो
पोखरा । गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या १२ सय ३ पुगेको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार मंगलबार थप ४ जनामा कोरोना पुष्टि भएसँगै प्रदेशको कुल संक्रमित संख्या १२ सय नाघेको हो ।
आज थपिएका संक्रमतिमध्ये पोखराका २ र नवलपुरका २ पुरुष रहेका छन् । कोरोना पुष्टि भएको हो । उनीहरुलाई सम्बन्धित जिल्लाको आइसोलेसन कक्षमा लैजाने तयारी भई रहेको निर्देशनालयका निर्देशक डाक्टर विनोद विन्दु शर्माले जानकारी दिए । संक्रमित ४ जनाको स्वाब पोखराका संक्रमितको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र नवलपुरका संक्रमितको स्वाब जनस्वास्थ्य प्रयोगशाला हेटौंडामा जाँचिएको थियो ।
यसैगरि, आज मात्रै गण्डकीका ६ जनाले कोरोना जितेर घर फर्केका छन् । स्याङ्जाका १ र कास्कीका ५ गरि ६ जना आज पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसन कक्षबाट डिस्चार्ज भएका हुन् । प्रदेशका कुल संक्रमितमध्ये ७ सय ८५ जनाले कोरोना जितेर घर फर्कि सकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण