कर्णाली प्रदेशसभा सदस्यलाई कोरोना सङ्क्रमण
सुर्खेत । कर्णाली प्रदेशसभाका एक सदस्यमा कोरोना संक्रमण पुष्टि भएको छ । सुर्खेतदेखि बाहिर जिल्ला जानका लागि पिसिआर गराएका प्रदेशसभा सदस्यको कोरोना पोजेटिभ देखिएको हो । प्रदेश अस्पताल सुर्खेतमा गरिएको आरटी पिसिआर परीक्षणमा ती सदस्यलाई सङ्क्रमण देखिएको कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय, स्वास्थ्य शाखाका प्रमुख डा.लक्ष्मीनारायण तिवारीले जानकारी दिए । प्रदेशसभा सदस्यमा कोरोना पुष्टि भएलगत्तै कन्ट्याक्ट ट्रेसिङ शुरु गरिएको छ ।
त्यस्तै प्रदेश सरकारका मन्त्री तथा प्रदेशसभाका अन्य सदस्यको पनि स्वाब सङ्कलन गरेर परीक्षणका लागि प्रयोगशालामा पठाइएको छ । कसरी प्रदेशसभामा कोरोना छि¥यो भन्ने खोजी भइरहेको महाशाखा प्रमुख डा.तिवारीले बताए ।
सङ्क्रमित प्रदेशसभा सदस्य होम आइसोलेशनमा रहेको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ । अत्यन्तै सुरक्षामा राखिएको प्रदेशसभामा नै कोरोना भाइरस देखिएपछि प्रदेश सरकारका मन्त्री, सभा सदस्य, कर्मचारी र सम्पर्कमा रहने पत्रकारमा त्रास बढेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायली आक्रमणमा इरानी राज्य टेलिभिजन निशानामा, सीपीजेद्वारा कडा निन्दा
-
तेहरानमा दुई इरानी लडाकु विमान ध्वस्त, इजरायलमाथि नयाँ क्षेप्यास्त्र हमला सुरु
-
पदमार्गको प्रवर्द्धन गर्न ‘मुन्दुम ट्रेल रेस’ आयोजना
-
नेपाल र नेदरल्यान्ड्सबीचको खेलमा पहिलो पटक तीन सुपर ओभर
-
१२ बजे १२ समाचार: धरौटी बुझाएर रिहा भए धवलशमशेर, भ्रातृ संस्थाबारे देउवा र गगन दुईतिर
-
तेस्रो सुपर ओभरमा नेदरल्यान्डसँग नेपाल पराजित