कर्णाली प्रदेशसभा सदस्यलाई कोरोना सङ्क्रमण
सुर्खेत । कर्णाली प्रदेशसभाका एक सदस्यमा कोरोना संक्रमण पुष्टि भएको छ । सुर्खेतदेखि बाहिर जिल्ला जानका लागि पिसिआर गराएका प्रदेशसभा सदस्यको कोरोना पोजेटिभ देखिएको हो । प्रदेश अस्पताल सुर्खेतमा गरिएको आरटी पिसिआर परीक्षणमा ती सदस्यलाई सङ्क्रमण देखिएको कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय, स्वास्थ्य शाखाका प्रमुख डा.लक्ष्मीनारायण तिवारीले जानकारी दिए । प्रदेशसभा सदस्यमा कोरोना पुष्टि भएलगत्तै कन्ट्याक्ट ट्रेसिङ शुरु गरिएको छ ।
त्यस्तै प्रदेश सरकारका मन्त्री तथा प्रदेशसभाका अन्य सदस्यको पनि स्वाब सङ्कलन गरेर परीक्षणका लागि प्रयोगशालामा पठाइएको छ । कसरी प्रदेशसभामा कोरोना छि¥यो भन्ने खोजी भइरहेको महाशाखा प्रमुख डा.तिवारीले बताए ।
सङ्क्रमित प्रदेशसभा सदस्य होम आइसोलेशनमा रहेको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ । अत्यन्तै सुरक्षामा राखिएको प्रदेशसभामा नै कोरोना भाइरस देखिएपछि प्रदेश सरकारका मन्त्री, सभा सदस्य, कर्मचारी र सम्पर्कमा रहने पत्रकारमा त्रास बढेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण