सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

गण्डकीमा थप २५ संक्रमित थपिए

बुधबार, ३१ असार २०७७, १० : ४३
बुधबार, ३१ असार २०७७

पोखरा । गण्डकीमा थप २५ जनामा कोरोना पुष्टि भएको छ । यो सँगै प्रदेशको कुल संक्रमित संख्या १२ सय २८ पुगेको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार म्याग्दी, तनहूँ, नवलपुर, गोरखा र कास्कीमा गरि थप २५ जनामा कोरोना पुष्टि भएको हो ।
 निर्देशनालयका अनुसार म्याग्दीको बेनीमा ३, मालिकमा ४, रघुगंगा र मंगलामा एक, एक जना गरि ९ संक्रमित थपिएका छन् ।
 यसैगरि, तनहूँको भिमादमा २, आबूँखैरेनीमा १ गरि ३ जना र नवलपुरको कावासोतीमा २ बुलिङटारमा ८ पुरुष र एक महिलागरि ११ संक्रमित थपिएका छन् ।

गोरखा र कास्कीमा एक एक जना पुरुष संक्रमित थपिएका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप