सशस्त्रका एसएसपी माथि बलत्कारको आरोप, प्रहरी घटनास्थल पुग्दा एसएसपी फरार
बुधबार, ३१ असार २०७७, १६ : २७
काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालका एसएसपी राजेन्द्र अधिकारीमाथि बलात्कारको आरोप लागेको छ । नेपाल सशस्त्र प्रहरी बल नेपाल हुल तथा दंगा व्यवस्था तालिम शिक्षालय लामापाटन पोखरामा कार्यरत एसएसपी अधिकारीमाथि बलात्कारको आरोप लागेको हो ।
सशस्त्र मुख्यालय उच्चस्रोतका अनुसार एसएसपी अधिकारीले चितवनको भरतपुर बस्ने एक महिलालाई आफ्नै कार्यालयमा बोलाएर बलात्कार गरेको पाइएको छ । एसएसपी अधिकारीले ती महिलालाई लठ्याउने औषधी खुवाएर बलात्कार गरेको आरोप छ ।
ती महिलाले आफूलाई बलात्कार गरेको भन्दै प्रहरी कार्यालयमा उजुरी दिएकी छन् । यस सम्बन्धमा अनुसन्धान गर्न कास्की प्रहरी घटनास्थल पुगे पनि एसएसपी अधिकारी फरार रहेका छन् । अधिकारीको खोजीकार्य तीब्र बनाइएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण