सलमान र आदित्यसँग हुनेछैन सोधपुछः प्रहरीले भने, ‘सोसल मिडियाको खबर र गसिपको आधारमा हुँदैन जाँच’
सुशान्त सिंह राजपूतको मृत्युपछि पूरा बलिउडमा हलचल मच्चिएको छ । धेरैले उनको आत्महत्याको मुख्य कारण फिल्मबाट निकालिनु र पक्षपातका भएको आरोप लगाएका छन् । मुम्बई प्रहरीले हरेक कोणबाट अनुसन्धान गरिरहेको छ । यो मामिलामा धेरैले सलमान खान र करण जोहरजस्ता सेलिब्रिटीलाई दोषी देखाउँदै अनुसन्धानको दायरामा ल्याउनुपर्ने माग गरिरहेका छन् । यसैबीच डिसीपी अभिषेक त्रिमुखेले पनि सलमानसँग सोधपुछ नगर्ने स्पष्टिकरण दिएका छन् ।
सुशान्त सिंह राजपूतको आत्महत्याको विषयमा एक भारतीय मिडियासँगको कुराकानीमा डिसीपी अभिषेक त्रिमुखलेले हालसम्मको अनुसन्धानमा सलमान खान र आदित्य चोपडासँग प्रत्यक्ष वा परोक्ष कुनै पनि संलग्नता नभेटिएका कारण हालका लागि सोधपुछ नगरिने स्पष्ट पारेका छन् । यद्यपि, अनुसन्धान चलिरहेकै कारण कुनै शंका लागेको खण्डमा प्रहरीले निश्चित रुपमा उनीहरुलाई पनि सोधपुछको दायरामा ल्याउने पनि जानकारी दिए ।
सोसल मिडियाको गसिपले अनुसन्धानको तरिकाले फेरिनेछैनः
अभिषेक त्रिमूखेले सोसल मिडियामा चलिरहेको खबरको आधारमा अनुसन्धान नहुने पनि उनले बताए । सोसल मिडियामा कसैले दोष लगाएकै भरमा बोलाउने नियम पनि नभएको उनले बताए ।
यी व्यक्तिसँग भइसकेको छ सोधपुछः
१४ जूनमा सुशान्तले आत्महत्या गरेपछि हालसम्म मुम्बई प्रहरीले दर्जनौं व्यक्तिसँग सोधपुछ गरिसकेको छ । यसमा सुशान्तका क्रियटिभ म्यानेजर सिद्धार्थ पीठानी, हाउस स्टाफ दिपेश सावन्त, दुई भान्से, साँचो बनाउने व्यक्ति, प्रेमिका रिया चक्रवर्ती, रियाका भाइ सोविज, पिता केके सिंह, दुई दिदी, नायिका संजना सांघी, केही डाक्टर, निर्देशक संजय लिला भंसाली, कास्टिङ निर्देशक र उनका पूर्व म्यानेर पनि समावेश छन् । अनुसन्धानका लागि बान्द्रा प्रहरीले यशराज फिल्म्ससँग भएको सुशान्तको पुरानो सम्झौता पत्रको पनि अनुसन्धान गरेको छ । हालसम्म प्राप्त प्रमाण र साक्षीको आधारमा यसलाई आत्महत्या नै बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण