जब सलमान र शाहरुख एकसाथ आए, फिल्मले रच्यो इतिहास !
एजेन्सी – बलिउडका दुई सुपरस्टार सलमान खान र शाहरुख खानबीचको सम्बन्धलाई लिएर अनेक प्रकारका नामहरु दिने गरिन्छ । जब–जब यी दुई फिल्ममा एकसाथ देखिए तब फिल्मले नयाँ इतिहास रच्यो । त्यसैले पनि यो दुईबीचको साथीत्वलाई लिएर पनि निकै चर्चा गर्ने गर्छन् । फिल्ममा मात्र होइन वास्तविक जीवनमा पनि निकै गहिरो साथीको सम्बन्ध रहेको यी दुई खानबीच कुनै समय दरार नै पैदा भएको थियो । दुवै एक अर्कालाई पराई व्यवहार गर्न थालेका थिए । तर, केही वर्षपछि पुनः यी दुईबीच सम्बन्धमा सुधार आएको भारतीय सञ्चारमाध्यमहरु उल्लेख गर्छन् ।
यी दुईले बलिउडमा ९० को दशकमा पाइला राखेका थिए । बलिउडमा आएसँगै यी दुईबीच गहिरो साथीको सम्बन्ध बनेको थियो । साथमा उनीहरुले निकै चर्चित फिल्ममा पनि काम गरे ।
करण–अर्जुन
राजेश रोशनको निर्देशनमा बनेको यो फिल्म आज पनि उत्तिकै चर्चित छ । शाहरुख र सलमानको यो आइकोनिक फिल्मको दमदार डाइलग र सुपरहिट गीतहरु आज पनि करोडौंको ओठमा झुण्डिएको छ । सन् १९९५ को जनवरी १३ मा रिलीज भएको यो फिल्म निकै सफल भएको थियो ।
कुछ–कुछ होता है
करण जौहरको यो फिल्मको नाम नसुन्ने व्यक्ति कमै होलान् । यो फिल्मले यति चर्चा कमायो कि आज पनि यो फिल्मका डाइलग, गीत उत्तिकै चर्चित छन् । सन् १९९८ कै सबैभन्दा बढी कमाई गर्न सफल यस फिल्ममा सलमानको भूमिका कम भएता पनि उनलाई निकै रुचाइयो भने शाहरुख र काजोलको जोडी पनि उत्तिकै दर्शकको दिलमा बस्न सफल भयो ।
हम तुम्हारे है सनम
सन् २००२ मा रिलीज भएको फिल्म ‘हम तुम्हारे है सनम’ मा सलमान र शाहरुखको जोडी पुनः एकपटक पर्दामा छायो । यसले पनि सलमान र शाहरुख एकसाथ फिल्ममा देखिएपछि कति चर्चा पाउँछ भन्ने शावित गरिदियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आवासीय चिकित्सकसँगै इन्टर्नको कार्यअवधि र भत्ता कार्यान्वयन गर्न मेडिकल काउन्सिलको आग्रह
-
दुनाटपरी उद्योगबाट मनग्य आम्दानी गर्दै भावना
-
डोरीबिनै बन्जी जम्प, २१ वर्षीया युवतीको मृत्यु
-
निम अवार्ड : गायिका देविकालाई ‘रजत साधना सम्मान’, संगीतकार बजागाईंलाई सर्वाेत्कृष्ट पपुलर अवार्ड
-
टेम्पाे पल्टाएकाे घटना : वनका १० कर्मचारीमाथि साेधपुछ
-
जडीबुटी भेलापछि विष्णु र शङ्कर उत्साहित, ओली बने आक्रोशित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण