शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

मौसम खुलेसँगै जनजीवन सामान्य हुँदै

बिहीबार, ०१ साउन २०७७, ११ : ०८
बिहीबार, ०१ साउन २०७७

लगातारको झरी वर्षाले वाक्कदिक्क भएका महोत्तरीवासी बल्ल सामान्य जीवनमा फर्कँदैछन् । पछिल्ला छ दिनदेखिको मुसलधारे वर्षापछि मौसम सफा भएसँगै बल्ल सामान्य हुन थालेका हुन् ।

 गत बुधबारयता छ दिनको लगातारको मुसलधारे वर्षाले जताततै जलमग्न बनाएपछि डुबान र कटानले घरखेत बगाउने त्रास छाएको थियो ।

“बल्ल दुई दिनदेखि उघ्रेको छ, हामी त घरमै कुँजिएका थियौँ”, पानीले ढाकेको घरआँगन देखाउँदै जलेश्वर नगरपालिका–१ का सुधिर साहले भने, “बर्खा हो कतिखेर फेरि भेल उर्लने हो पत्तै हुँदैन ।” 
चारैतिर पानीले डम्म ढाकिएको हुँदा नदीमा आउने बाढीबारे पत्तै नपाई घर बग्ने गरेको जलेश्वरवासी बताउँछन् । जिल्लाको उत्तरी क्षेत्रमा कटान र मध्य एवं दक्षिणी क्षेत्रमा पछिल्लो वर्षासँगैको बाढीले कटान र डुबान गराउँदा खेतीपाती र सडक संरचनामा निकै क्षति भएको छ ।

पछिल्लोपटक मौसममा सुधार हुनासाथ करिब एकसाता घरमै कुँजिएका महोत्तरीवासीलाई  सोमबारयता घाम लागेपछि बल्ल बाहिरी काममा लाग्ने अनुकूलता भएको छ । तीन दिनको चर्को घामले अब डुबानको पानी क्रमशः घट्दै गएको डुबान क्षेत्रका सर्वसाधारण बताउँछन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप