टेलिकमको सिस्टम ह्याक गरेर इन्टरनेट चलाउने कर्मचारी पक्राउ
काठमाडौं । नेपाल टेलिकमको सिस्टम ह्याक गरेर इन्टरनेट चलाउने एकजना सरकारी कर्मचारीलाई प्रहरीले पक्रेको छ ।
शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय धनकुटाका कम्प्युटर अपरेटर दिवाकर देउजालाई पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का प्रवक्ता बेलबहादुर पाण्डेले जानकारी दिए ।
नेपाल टेलिकमको एपमार्फत ‘हिटन ट्रायल’ बिधिबाट देउजाले इन्टरेनटको कोड चोरेर आफू र आफ्ना साथीभाइलाई बाँडेको अनुसन्धानबाट खुलेको छ ।
धनकुटाको पाख्रिबास नगरपालिका घर भएका २८ वर्षीय देउजालाई ‘विद्युतीय कारोबार ऐन’ विरुद्धको कसुरमा कारवाहीका लागि साइबर व्यूरोमा पठाइएको पाण्डेले बताए ।
पाँच महिनाअघि विवाह गरेका देउजाले आफूले सामान्य प्रयास गर्दा प्राप्त ‘बिजी कोड’बाट इन्टरनेट चलाएको भन्दै ‘ठुलो अपराध नगरेको’ दावी गरेका छन् । करिब डेढ महिनाको अवधिमा उनले २५ हजारको इन्टरनेट चोरी गरेको खुलेको छ ।
देउजाले टेलिकमको एपमा भएको कमजोरीमा टेकेर डाटा चोरी गरेका थिए । एपमा छिरेपछि प्याकेज एप्लाई गर्ने र प्राप्त बिजीकोड इन्ट्री नगरेर अर्को कोड हानेर डाटा चोर्ने गरेको अनुसन्धानबाट खुलेको छ ।
‘ब्रुट फोर्स’ बाट नयाँ बोड हानेर डाटा चोर्ने गरेको अनुसन्धानबाट थाहा भएको पाण्डेले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेबोनको नीति तथा कार्यक्रमले उचाल्यो सेयर बजार, दोहोरो अङ्कको वृद्धि
-
फुटबल र राजनीतिलाई मिसाउँदिनँ : अर्जेन्टिनी प्रशिक्षक स्कालोनी
-
अलपत्र निर्माण आयोजनाको म्याद एक वर्ष थप्ने सरकारको तयारी
-
सान फ्रान्सिस्कोमा डुङ्गा डुब्दा एक जनाको मृत्यु, दुई जना बेपत्ता
-
राजनीतिमा असम्भव भन्ने कुरा केही हुन्न, सत्ता समीकरण बदलिन पनि सक्छ: जीवनबहादुर शाही
-
शैक्षिक परामर्श व्यवसायीहरूले गरे आन्दोलनको घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण