बाँकेमा सलह प्रवेश
बाँके । बाँकेमा सलहको प्रकोप देखिएको छ । पाकिस्तानवाट भारत हुँदै नरैनापुर गाउँपालिका प्रवेश गरेको सलह अहिले यहाँ फैलिँदै गएको छ । कृषि ज्ञान केन्द्रका प्रमुख सागर ढकालका अनुसार सलहको झुण्ड अहिले जिल्लाको बैजनाथ गाउँपालिका पुगेको छ ।
बुधबार र आज नरैनापुर र डुडुवा गाउँपालिकामा अधिक मात्रामा किसानले लगाएको खेतको मकै र केही मात्रामा धानमा क्षति पु¥याएपछि सलहको झुण्ड बैजनाथ गाउँपालिका पुगेको छ । भारतको श्रावस्ती जिल्लाबाट प्रवेश गरेका करीब पाँच लाख सलहले बुधबार नरैनापुर र डुडुवामा झण्डै २० प्रतिशत क्षति पु¥याएको बताइएको छ ।
गाउँपालिका कृषि शाखा प्रमुख सुशील शर्माले डुडुवाबासीले परम्परागत रुपमा थाल, टिन र जर्किन ठटाएर तथा पटाका पड्काएर कीरा भगाएको बताए । सलह भगाउन कृषि ज्ञान केन्द्रले विषादीसहित प्राविधिक सहयोग पनि गरेको जनाइएको छ । आज बैजनाथ गाउँपालिका पुगेको सलहले जिल्लामा रहुञ्जेल सरदर ३० प्रतिशत किसानको बालीनाली नष्ट गर्ने आंकलन गरिएको केन्द्रका प्रमुख ढकालले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिग बोस फेम अब्दू रोजिकले गरे इन्गेजमेन्ट
-
यातायात सञ्जालसँग जोडियो म्यादीको निस्कोट
-
पशुपतिमा साउनभर कोटिहोम महायज्ञ आयोजना गरिने
-
प्ले-अफ चरणमा पुग्न सङ्घर्षरत दिल्ली र बैंगलुरुबिच रोचक भिडन्त
-
एप्पल र ओपनएआईबीच साझेदारी, आइफोनमा पनि अब च्याटजीपीटी
-
गाजामा युद्ध जारी रहँदा अमेरिकाले साउदी अरब र इजरायलबिच मित्रता गराउन सक्ला ?