बाँकेमा सलह प्रवेश
बाँके । बाँकेमा सलहको प्रकोप देखिएको छ । पाकिस्तानवाट भारत हुँदै नरैनापुर गाउँपालिका प्रवेश गरेको सलह अहिले यहाँ फैलिँदै गएको छ । कृषि ज्ञान केन्द्रका प्रमुख सागर ढकालका अनुसार सलहको झुण्ड अहिले जिल्लाको बैजनाथ गाउँपालिका पुगेको छ ।
बुधबार र आज नरैनापुर र डुडुवा गाउँपालिकामा अधिक मात्रामा किसानले लगाएको खेतको मकै र केही मात्रामा धानमा क्षति पु¥याएपछि सलहको झुण्ड बैजनाथ गाउँपालिका पुगेको छ । भारतको श्रावस्ती जिल्लाबाट प्रवेश गरेका करीब पाँच लाख सलहले बुधबार नरैनापुर र डुडुवामा झण्डै २० प्रतिशत क्षति पु¥याएको बताइएको छ ।
गाउँपालिका कृषि शाखा प्रमुख सुशील शर्माले डुडुवाबासीले परम्परागत रुपमा थाल, टिन र जर्किन ठटाएर तथा पटाका पड्काएर कीरा भगाएको बताए । सलह भगाउन कृषि ज्ञान केन्द्रले विषादीसहित प्राविधिक सहयोग पनि गरेको जनाइएको छ । आज बैजनाथ गाउँपालिका पुगेको सलहले जिल्लामा रहुञ्जेल सरदर ३० प्रतिशत किसानको बालीनाली नष्ट गर्ने आंकलन गरिएको केन्द्रका प्रमुख ढकालले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण