घुससहित लेखा अधिकृत अख्तियारको नियन्त्रणमा
बिहीबार, ०१ साउन २०७७, २३ : ३३
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस रकमसहित एक लेखा अधिकृतलाई पक्राउ गरेको छ । सुनसरीको इटहरी उपमहानगरपालिकाका लेखा अधिकृत विकास पाखरेललाई सेवाग्राहीबाट ६५ हजार घुस लिइरहेको अवस्थामा रंगेहात पक्राउ गरेको हो ।
पोखरेलले नगरपालिकाको शिक्षा शाखाबाट कक्षा ८ को परीक्षा सञ्चालनमा भएको खर्चको फरफारक गरी भुक्तानी गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग घुस मागेका थिए । सेवाग्राहीले दिएको निवेदनका आधारमा आयोगको इटहरिस्थित कार्यालयबाट खटिएको टोलीले पोखरेललाई उपमहानगर ६ वीपी चोकबाट पक्राउ गरेको हो । उनीमाथि थप अनुसन्धान भैरहेको आयोगले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण