तस्बिरमाः भीषण बाढीमा फसेको पूर्वी चीन
पछिल्लो केही दिनदेखि मध्य र पूर्वी चिनियाँ इलाका भयंकर बाढीमा घेरिएको छ ।
चीनको सबैभन्दा ठूलो ताल पोयांगमा बनेका थुप्रै बाँध टुटेका छन् । चीनको नेशनल वेदर सेटलाइट सेन्टरको डाटा अनुसार तालको पानी रेकर्ड स्तरको पुगेको छ ।
यसै हप्ता अधिकारीले बताए अनुसार देशका ३३ नदीमा बाढी आएको छ । यस्तै याग्त्जी नदीको इलाकामा लगातार वर्षा भइरहेको छ ।
बुधबार जल संसाधन मन्त्रालयका अनुसार याग्त्जी नदीको मध्य र तल्लो इलाकामा डोंगटिंग र पोयांग नलीमा पानी क्रमशः कम भइरहेको छ ।
बाढी नियन्त्रणका लागि जिम्मेवार मन्त्रालयका अनुसार देशभरी ९८ नदीको पानी अहिले पनि खतरनाक स्तरमा पुगेको छ । थुप्रै भवनलाई पानीले घेरिएको देख्न सकिन्छ ।
हालसम्म १४० व्यक्तिको मृत्यु भइसकेको छ र दसौं लाख व्यक्तिलाई सुरक्षित स्थानमा पुर्याइसकिएको छ ।
लुशान शहरको तालको किनारा बाँध्न सैनिक पठाइएको छ ।
स्रोतः बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण