रौतहट प्रहरीद्वारा तस्करीको सामान बरामद
शुक्रबार, ०२ साउन २०७७, ११ : २६
रौतहट – रौतहट स्थित प्रहरीले दुईवटा मोटरसाईकल सहीत लाखौं मूल्य बराबरको बिभिन्न तस्करीको सामान बरामद गरेको छ ।
प्रहरीचौकी रमपुरवाको टोलीले दुईवटा भारतिय नम्बरको मोटरसाईकल सहीत एकलाख १९ हजार बराबरको बिभिन्न ब्राण्डको मदिरा र भारतिय कपडा बरामद गरेको हो ।
भारतीय बजार कुण्डवा चैनपुरबाट भन्सार छली ल्याएका सामान र रौतहटबाट भारतीय बजारमा लैजान लागेको बिभिन्न ब्राण्डका मदिरा ईशनाथ नपाको सिमाक्षेत्रबाट बरामद भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी भरत श्रेष्ठले बताएका छन् ।
बरामद सामानसहित दुईवटा मोटरसाइकल आवशयक कारवाहीका लागि जिल्ला भन्सार कार्यालय गौरमा पठाईएको जिल्ला प्रहरी प्रवक्ता श्रेष्ठले जानकारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण