१४ लाखको अवैध कपडा र विद्युत्का सामान बरामद
शुक्रबार, ०२ साउन २०७७, १२ : २८
भन्सार छलेर ल्याउँदै गरेको रु १४ लाख मूल्य बढीको अवैध कपडा प्रहरीले बरामद गरेको छ । गए राति प्रहरीले कञ्चनपुरको भीमदत्त नगरपालिका–४ भीमदत्तनगर बजार क्षेत्रबाट कपडा र विद्युत्का सामान बरामद गरेको हो ।
भन्सार छलेर म १ च ३२९ र म १ च ३२३ नम्बरका दुई वटा सवारीसाधनमा रु १४ लाख नौ हजार ९५० मूल्य बराबरको ल्याउँदै गरेको कपडा र विद्युत्का सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बताए ।
भारतबाट भन्सार छलेर कपडा र विद्युत्को सामान ल्याउँदै गरेको विशेष सूचनाका आधारमा खटिएको प्रहरीको टोली सो सामान र सवारीसाधन बरामद गरेको उनले बताए ।
बरामद सामान, सवारीसाधन र चालकलाई आवश्यक कारवाहीका लागि भन्सार कार्यालय गड्डाचौकीमा बुझाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यायिक प्रणालीबाट मात्रै देशमा सुशासन र अमन चयन कायम हुन्छ : राष्ट्रपति पौडेल
-
राष्ट्रपतिद्वारा कानुन व्यवसायी राष्ट्रिय सम्मेलनको उद्घाटन
-
सूचना टाँसेर प्रतिनिधि सभा बैठक २ बजेसम्मका लागि स्थगित
-
बोर्डिङमा भन्दा सामुदायिक विद्यालयमा आकर्षण
-
नार्कमा ४६ प्रतिशत जनशक्ति अभाव, गुणस्तरीय अनुसन्धान प्रभावित
-
अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १० जना पक्राउ