अबदेखि अन्य बैंकको एटिएम प्रयोग गर्दा पैसा नलाग्ने
शुक्रबार, ०२ साउन २०७७, १६ : १३
काठमाडौं । अबदेखि अन्तर बैंकिङ कारोबारमा अतिरिक्त शुल्क नलाग्ने भएको छ । राष्ट्र बैंकले मौद्रिक नीति मार्फत चालू आर्थिक वर्ष देखि जुनकुनै अन्तर बैंकिङ् कारोबारमा अतिरिक्त शुल्क नलाग्ने गरी व्यवस्था गरेको छ ।
यस अघि अन्तर बैंकिङ् कारोबारमा अतिरिक्त शुल्क लाग्दै आएको थियो ।
कोभिड–१९सँगै मुलुक गत चैत्र ११ गते देखि लकडाउनमा गएसँगै बैंकहरुले स्वत अन्तर बैंकिङ् कारोबारमा अतिरिक्त शुल्क नलाग्ने व्यवस्था गरेको थियो । तर गत बुधबारको बैंकर्स संघको बैंठकले अतिरिक्त शुल्क लिने नलिने निर्णय स्वयम बैंकहरुकै जिम्मा दिएसँगै शुल्क लाग्न सक्ने आंकलन गरिएको थियो ।
सो निर्णय भएको दुई दिन पश्चात नै राष्ट्रबैंकले पैसा नलाग्ने गरी मौद्रिक नीति मार्फत सम्बोधन गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण