बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

अबदेखि अन्य बैंकको एटिएम प्रयोग गर्दा पैसा नलाग्ने

शुक्रबार, ०२ साउन २०७७, १६ : १३
शुक्रबार, ०२ साउन २०७७

काठमाडौं । अबदेखि अन्तर बैंकिङ कारोबारमा अतिरिक्त शुल्क नलाग्ने भएको छ । राष्ट्र बैंकले मौद्रिक नीति मार्फत चालू आर्थिक वर्ष देखि जुनकुनै अन्तर बैंकिङ् कारोबारमा अतिरिक्त शुल्क नलाग्ने गरी व्यवस्था गरेको छ ।
यस अघि अन्तर बैंकिङ् कारोबारमा अतिरिक्त शुल्क लाग्दै आएको थियो ।

कोभिड–१९सँगै मुलुक गत चैत्र ११ गते देखि लकडाउनमा गएसँगै बैंकहरुले स्वत अन्तर बैंकिङ् कारोबारमा अतिरिक्त शुल्क नलाग्ने व्यवस्था गरेको थियो ।  तर गत बुधबारको बैंकर्स संघको बैंठकले अतिरिक्त शुल्क लिने नलिने निर्णय स्वयम बैंकहरुकै जिम्मा दिएसँगै शुल्क लाग्न सक्ने आंकलन गरिएको थियो ।

सो निर्णय भएको दुई दिन पश्चात नै राष्ट्रबैंकले पैसा नलाग्ने गरी मौद्रिक नीति मार्फत सम्बोधन गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप