‘राज्यले अटो क्षेत्रलाई उपेक्षा गर्यो, अब हामी आन्दोलनमा जान्छौं’
काठमाडौं । मौद्रिक नीतिप्रति अटोमोबाइल क्षेत्रले चर्को असन्तुष्टि जनाएको छ । चालू आर्थिक वर्षको मौद्रिक नीतिमा अटोमोबाइल क्षेत्रले स्थान नपाएको भन्दै व्यवसायीहरुले विरोध जनाएका हुन् । मौद्रिक नीतिप्रति तिब्र आक्रोश व्यक्त गर्दै अटो मोबाइल क्षेत्रकै छाता संगठन नाडा अटोमोबाइल एशोशिएसन अफ नेपालले असन्तुष्टि जनाएको छ ।
आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक हुनेवित्तिकै रातोपाटीसँग आफ्नो धारणा राख्दै नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले अटो क्षेत्रलाई राज्यले उपेक्षा गरेको आरोप लगाए । ‘हामीले लामो समय देखि सरकारसँग अटो क्षेत्रको समस्या सम्बोधन गर्न लविङ गर्दै आएका थियौं । अटो क्षेत्रलाई नै स्थिर गर्ने गरि यसअघिको मौद्रिक नीतिले व्यवस्था गरेको अटो लोन (सवारी कर्जा) को दायरा बढाउन सरकारलाई भनेका थियौं । तर हाम्रो मागको कुनै सुनुवाई भएन ।’
अध्यक्ष दुलालले भने, ‘यो मानेमा राज्यले हामी अटो क्षेत्रलाई उपेक्षा गरेको छ । यसमा हाम्रो घोर विरोध छ । यस्तै भए अब हामी आन्दोलना जान बाध्य हुन्छौं । अब मौद्रिक नीति सुधारका लागि आन्दोलन जान्छौं’ दुलालले भने ।
यता, अटो व्यवसायीहरुले अटो लोनको दायरा बढाउन सरकारसँग बारम्बार माग गर्दै आएको थियो । हाल राष्ट्र बैंकले कायम गरेको ५०/५० प्रतिशतको अटो लोनको क्याप हटाएर र कर्जा लगानीको सीमा ८०–९० प्रतिशत सम्म पु¥याउनु माग गर्दै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण