‘राज्यले अटो क्षेत्रलाई उपेक्षा गर्यो, अब हामी आन्दोलनमा जान्छौं’

काठमाडौं । मौद्रिक नीतिप्रति अटोमोबाइल क्षेत्रले चर्को असन्तुष्टि जनाएको छ । चालू आर्थिक वर्षको मौद्रिक नीतिमा अटोमोबाइल क्षेत्रले स्थान नपाएको भन्दै व्यवसायीहरुले विरोध जनाएका हुन् । मौद्रिक नीतिप्रति तिब्र आक्रोश व्यक्त गर्दै अटो मोबाइल क्षेत्रकै छाता संगठन नाडा अटोमोबाइल एशोशिएसन अफ नेपालले असन्तुष्टि जनाएको छ ।
आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक हुनेवित्तिकै रातोपाटीसँग आफ्नो धारणा राख्दै नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले अटो क्षेत्रलाई राज्यले उपेक्षा गरेको आरोप लगाए । ‘हामीले लामो समय देखि सरकारसँग अटो क्षेत्रको समस्या सम्बोधन गर्न लविङ गर्दै आएका थियौं । अटो क्षेत्रलाई नै स्थिर गर्ने गरि यसअघिको मौद्रिक नीतिले व्यवस्था गरेको अटो लोन (सवारी कर्जा) को दायरा बढाउन सरकारलाई भनेका थियौं । तर हाम्रो मागको कुनै सुनुवाई भएन ।’
अध्यक्ष दुलालले भने, ‘यो मानेमा राज्यले हामी अटो क्षेत्रलाई उपेक्षा गरेको छ । यसमा हाम्रो घोर विरोध छ । यस्तै भए अब हामी आन्दोलना जान बाध्य हुन्छौं । अब मौद्रिक नीति सुधारका लागि आन्दोलन जान्छौं’ दुलालले भने ।
यता, अटो व्यवसायीहरुले अटो लोनको दायरा बढाउन सरकारसँग बारम्बार माग गर्दै आएको थियो । हाल राष्ट्र बैंकले कायम गरेको ५०/५० प्रतिशतको अटो लोनको क्याप हटाएर र कर्जा लगानीको सीमा ८०–९० प्रतिशत सम्म पु¥याउनु माग गर्दै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आयोजक स्कटल्यान्डलाई त्रिकोणात्मक सिरिज, नेपाल पराजित
-
अख्तियारद्वारा दुई कर्मचारी पक्राउ, थप दुई कर्मचारीको मोबाइल बरामद
-
एसएसपीले गरे ग्वार्को ओभरपासको उद्घाटन, ओलीले ताली पड्काए (भिडियोसहित)
-
राजावादीको आन्दोलन मत्थर भएपछि काठमाडौँको निषेधाज्ञा फिर्ता
-
कात्तिक दोस्रो साता उपनिर्वाचन प्रस्ताव, आयोगले मिति घोषणा गर्ने
-
बनेपा नगरको बजेट रु एक अर्ब २४ करोड ६५ लाख