सगरमाथा इन्स्योरेन्स कम्पनी २५ वर्षमा प्रवेश
काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनी आजबाट २४ वर्ष पुरा गरी गरी २५औं वर्षमा प्रवेश गरेको छ । उक्त अवसरमा कम्पनीले वर्तमान अवस्थाका कारण देशभरका ठघ वटै कार्यालयमा एकसाथ केक काटी वार्षिकोत्सव मनाएको छ ।
कम्पनीले प्रधान कार्यालयमा राखेको रक्तदान कार्यक्रममा ४९ जना रक्तदाताले रक्तदान गरेका छन् । २५आंै वार्षिकोत्सवको उपलक्ष्यमा नेपालभरी छरिएका शाखामार्फत सामाजिक उत्तरदायित्व तथा बीमा जनचेतनाका विविध कार्यक्रमहरु आयोजना गरिने कम्पनीले जनाएको छ ।
कम्पनीकोे चुक्ता पुँजी १ अरब १२ लाख २२ हजार पुगेको छ । आ.व. २०७६।७७ को असार मसान्तमा १ लाख ९४ हजार १ सय ७४ बीमालेख बिक्री गरी रु. २ अरब १७ करोड ४७ लाख ७६ हजार बीमाशुल्क संकलन गरेको ५ ।
त्यसै गरी आ.व. २०७६।७७ मा रु.१ अर्ब २ करोड दावी भुक्तानी गरेको छ । कम्पनीबाट उपलब्ध हुने बीमालेखहरुलाई क्रमश डिजिटलाइज गर्दै डिजिटल युगमा प्रवेश गर्ने लक्ष्य रहेको जानकारी प्रमुख कार्यकारी अधिकृत श्री चंकी क्षेत्रीले दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण