बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

सगरमाथा इन्स्योरेन्स कम्पनी २५ वर्षमा प्रवेश

शुक्रबार, ०२ साउन २०७७, २१ : ४२
शुक्रबार, ०२ साउन २०७७

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनी आजबाट २४ वर्ष पुरा गरी गरी २५औं वर्षमा प्रवेश गरेको छ । उक्त अवसरमा कम्पनीले वर्तमान अवस्थाका कारण देशभरका ठघ वटै कार्यालयमा एकसाथ केक काटी वार्षिकोत्सव मनाएको छ । 

कम्पनीले प्रधान कार्यालयमा राखेको रक्तदान कार्यक्रममा ४९ जना रक्तदाताले रक्तदान गरेका छन् ।  २५आंै वार्षिकोत्सवको उपलक्ष्यमा नेपालभरी छरिएका शाखामार्फत सामाजिक उत्तरदायित्व तथा बीमा जनचेतनाका विविध कार्यक्रमहरु आयोजना गरिने कम्पनीले जनाएको छ ।

कम्पनीकोे चुक्ता पुँजी १ अरब १२ लाख २२ हजार पुगेको छ । आ.व. २०७६।७७ को असार मसान्तमा १ लाख ९४ हजार १ सय ७४ बीमालेख बिक्री गरी रु. २ अरब १७ करोड ४७ लाख ७६ हजार बीमाशुल्क संकलन गरेको ५ । 

त्यसै गरी  आ.व. २०७६।७७ मा रु.१ अर्ब २ करोड दावी भुक्तानी गरेको छ । कम्पनीबाट उपलब्ध हुने बीमालेखहरुलाई क्रमश डिजिटलाइज गर्दै डिजिटल युगमा प्रवेश गर्ने लक्ष्य रहेको जानकारी प्रमुख कार्यकारी अधिकृत श्री चंकी क्षेत्रीले दिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप