निजी विद्यालयका शिक्षकलाई तलब नदिइएकोमा आपत्ति
शुक्रबार, ०२ साउन २०७७, २२ : २०
काठमाडौं । नेपाल शिक्षक महासङ्घले वैकल्पिक प्रणालीको सिकाइ स्थगन गरी शिक्षकहरुलाई बेतलबी घरबिदा दिने निजी विद्यालय सञ्चालकका छाता सङ्गठनको निर्णयप्रति आपत्ति जनाएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएशन (एन प्याब्सन) ले आर्थिक सङ्कट परेको भन्दै गत असार ३१ मा अपिल जारी गरी सो घोषणा गरेका थिए ।
महासङ्घका अध्यक्ष बाबुराम थापाले आज विज्ञप्ति जारी गरी त्यस्तो निर्णय कानूनविपरीत भएको उल्लेख गर्दै विपद्को समयमा श्रमजीवी शिक्षक कर्मचारीलाई थप आवश्यक सहयोग गर्नुपर्नेमा उल्टो बेतलबी बिदा दिइनु अपत्तिजनक भएको जनाएका छन् । थापाले हालसम्मको तलब सुविधा दिन र अनलाइनबाट पठनपाठनलाई नियमितता दिन निजी विद्यालयसँग आग्रह गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिमालय एअरलाइन्सद्वारा शेन्जेन–काठमाडौँ सिधा उडान सुरु, एकै दिन आए १७५ चिनियाँ पर्यटक (तस्बिरहरू)
-
आज पनि घट्यो सुनचाँदीको मूल्य
-
विद्युत् नियमन आयोगको अध्यक्षमा १० जनाको दरखास्त, सदस्यमा २२ जना
-
प्रधानमन्त्रीको राजीनामा माग्दै नेविसंघको प्रदर्शन
-
पूर्वमन्त्री अर्याल भन्छन्, ‘लोकतन्त्रमा पदसोपान होइन, कार्यक्षमता र सिर्जनशीलता महत्त्वपूर्ण हुन्छ’
-
जेलेन्स्कीले गरे पुटिनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण