किन दिइनन् रेखाले आफ्नो घर सेनिटाइज गर्ने अनुमति ?
एजेन्सी – बलिउडकी अभिनेत्री रेखाको सुरक्षा गार्डमा कोरोना संक्रमण पुष्टि भएपछि उनको बंगला सील गरिएको छ ।
यसै सिलसिलामा रेखा पुनः एकपटक सञ्चार माध्यममा छाएकी छिन् । उनका सुरक्षा गार्डमा कोरोना पुष्टि भयो तर रेखालाई भाइरसको संक्रमण भएको हो वा होइन भन्ने विषयमा भने कुनै तथ्य बाहिर आएको छैन ।
घरमा कोरोना संक्रमित भेटिएपछि उनको घर बाहिर बीएमसीले कन्टेन्मेन्ट जोकको बोर्ड समेत लगाएको छ ।
रेखाले आफूलाई संक्रमण भए नभएको कुनै आधिकारिक जानकारी दिएकी छैनन् । यद्यपि, उनले कोरोना भाइरसको परीक्षण भने गराएको बताएकी छिन् ।
अभिनेत्री रेखाका म्यानेजरले बीएमसीलाई दुई दिनभित्र कोरोना परीक्षण गरे रिपोर्ट बीएमसीलाई पठाउने बताएका छन् ।
यसैबीच, सुरक्षा गार्डमा संक्रमण भेटिएपछि रेखाको घर सेनिटाइज गर्न बीएमसीका कर्मचारी गएका थिए । सात दिनसम्म लगातार ढोका ढक्ढक्याउँदा पनि गेट नखुलेपछि उनको घर सेनिटाइज गर्न समस्या भएको बीएमसीले जनाएको छ । भारतीय सञ्चार माध्यमहरुले रेखाको घर सेनिटाइज गर्ने काम भइसकेको समेत उल्लेख गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण