कोरोनाभाइरस भ्याक्सिनको जासूसी गरेको आरोपमा रुसको जवाफ
कोरोनाभाइरको भ्याक्सिनमाथि अनुसन्धान गर्ने एजेन्सीको जासुसी गरेको आरोपलाई बेलायतका लागि रुसका राजदूत आन्द्रेई केलिनले ठाडो अस्विकार गरेका छन् ।
बीबीसी वनले उनलाई प्रश्न सोध्यो, ‘यदि रुसले बेलायतको भ्याक्सिनमाथिको अनुसन्धान चोरिरहेको हो भने ?’
यसमा उनले भने, ‘मलाई यस्तो कुनै पनि हालतमा लाग्दैन र म यो कहानीमा विश्वास पनि गर्दिनँ ।’
साथै, केलिनले बेलायतको राजनीतिमा रुसले दखल दिएको आरोप पनि खारेज गरेका छन् ।
बिहिबार बेलायत, क्यानडा र अमेरिकाको गुप्तचर सेवा एजेन्सीले कोरोनाभाइरसको भ्याक्सिनमाथि काम गरिरहेको संगठनमाथि साइबर हमलाको पछाडि ‘निश्चित रुपमा’ रुसी जासुसको हात भएको भन्दै चेतावनी दिएका थिए ।
राजदूत केलिनले सेलिसबरी नर्व एजेन्ट अट्याकपछि उनको देश अब बेलायतसँगको ‘नयाँ सम्बन्धसहित अघि बढ्न चाहन्छ ।’
स्मरण रहोस्, पूर्व रुसी जासुस र उनकी छोरीलाई निशाना बनाएर गरिएको यो हमलामा पाँच व्यक्तिलाई उपचारका लागि अस्पतालमा भर्ना गर्नुपरेको थियो र एक व्यक्तिको मृत्यु भएको थियो ।
स्रोतः बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विधि विज्ञान प्रयोगशाला विधेयकबारे आगामी बैठकमा विज्ञहरूसँग छलफल गर्ने संसदीय समितिको निर्णय
-
क्यान्सरका बिरामीलाई थप पीडा : किमोथेरापीमा प्रयोग हुने औषधि पाउनै सकस
-
भारतीय विदेशमन्त्री जयशङ्करको निमन्त्रणामा परराष्ट्रमन्त्री खनाल भोलि भारत जाने
-
सन् २०२२ को जादु दोहोर्याउने लक्ष्यमा मोरक्को
-
एमालेको १० बुँदे संकल्प : एक संगठित सदस्य बराबर ३ जना नयाँ सदस्य (प्रस्तावसहित)
-
भीरबाट लडेर किशोरको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण